विराटनगर/ विराटनगरको हाटखोलमा रहेको आरोहण गुरुकुलमा ‘घोडचडी’ नाटक शुक्रबारदेखि एकसाता सम्म मन्चन हुने भएको छ ।
सुमेरु कला सरोवरको प्रस्तुतीमा कार्तिक १० देखि १८ गतेसम्म गुरुकुलमा नाटक मन्चन हुने विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नाटकले नेपालको तराईमा वसोवास गर्ने चमार समुदायको परिवेशमा आधरीत रहेको छ ।
नाटकमा चम्खोली संस्कृतीक परम्परा साथै घोडा नृत्यलाई प्रमुख विषय वनाएको छ । ‘समुदायको लोक संस्कृतीको पहिचान र संरक्षण गर्न नाटकको कथाबस्तुले जोड दिएको छ,’ अध्यक्ष सापकोटा भन्छन्, ‘पुर्वमा पहिलो पटक यस्तो नाटक ल्याएको छौं । यहाँको नाटकप्रेमी दर्शको रोजाइमा पर्नेमा हामी ठुक्क छौं, उनी भन्छन् ।’ काठमाण्डौको शिल्पी थिएटरमा हालै १६ दिनमा २१ सो सम्पन्न गरी पुर्वको यात्रामा निस्किएकोे बताइएको छ । घोडचडी नाटकमा नेपथ्यकर्मी ३३ जना कलाकारले अभिनय गरेका छन् । गुरुकुलमा मन्चन हुने नाटक हेर्न आउने विद्यार्थीहरुको लागि विशेष छुट रहेको बताइएको छ ।