धरान/धरान उपमहानगरपालीकाले धरानका सुकुम्बासीहरुको ब्यबस्थापन गर्न ७ सदस्यि अव्यवस्थित वसोवास ब्यबस्थापन समिती गठन गरेको छ ।

नगर कार्यपालीका सदस्य हिरादेबी राईको संयोजकत्वमा सात सदस्यीय समिती गठन गरिएको नगर कार्यपालीकाका प्रबक्ता मणिराम राईले जानकारी दिए । समितीमा धरान–१५ का वडा सदस्य ज्ञानेन्द्र बस्नेत,नेपाल बसोबास बस्ती संम्रक्षण समाजबाट कुमार कार्कि, सिता मगर र हरि कार्की रहेका छन् ।

दुई सदस्य पछि थप गर्ने गरि समिती गठन भएको हो । समितीले धरानको सुकुम्बासी समस्यालाई समाधान गर्न आवश्यक अध्यन गरि नगर कार्यपालीकालाई बुझाउने र त्यस अनुसार नै सुकुम्बासीको ब्यबस्थापन गर्ने धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले जानकारी दिए ।

लामो समय देखि चुनौतीको रुपमा रहेको सुकुम्बासी समस्यालाई अब ब्यबस्थापन गर्ने कार्यको थालिनी गरेका छौ प्रमुख सुब्बाले भने‘अब यस सम्बन्धि कानुन समते निर्माण गरेर सुकुम्बासी बस्तीहरुलाई नमुना बस्तीको रुपमा बिकास गर्ने सोच बनाएका छौ ।यसैगरि नगर प्रमुख तारा सुब्बाले खेलकुद समिती समेत गठन गरेका छन् ।

कार्यापालीका सदस्य सुवास राईको संयोजकत्वमा पछि दुई सदस्य थप गर्ने गरि ९ सदस्यि समिती गठन भएको छ ।समितीको सदस्यहरु मा धरान १६ का वडा सदस्य सतिस केसी,धरान १९ का वडा सदस्य राजकुमार राई रहेका छन् । त्यसैगरि धन बहादुर राई,प्रताप तामाङ,नविन मादेन र राजेन्द्र गुरुङ रहेका छन् ।