धरान/नेपाली कांग्रेस जिल्ला कार्य समितिले प्रदेश सभाका लागि समानुपातिक तर्फ सुनसरी क्षेत्र नम्बर १ बाट सिफारिस भएका चन्द्र नेपालको सिफारिस पुनः फिर्ता लिएको छ ।

उक्त विषयमा नेपाली कांग्रेस १३ नम्बर वडा समितिले आइतबार विज्ञप्ति प्रकाशित गर्दै सिफारिस फिर्ता लिएको जानकारी गराएको हो । नेपालले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीप्रति अन्तरघात गरेकाले पनि सिफारिस फिर्ता लिन जिल्ला समितिलाई दवाव दिएपछि फिर्ता लिएको वडा सभापति डम्बर तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
पार्टीलाई अन्तरघात गरेपछि स्थानीय तहको निर्वाचन सकिएको भोलिपल्ट अर्थात् असार १५ गते नै १३ नम्बर वडा समिति र स्थानीय नेता कार्यकर्ताहरुको बैठकले नेपाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही गर्नको लागि नगर समिति र क्षेत्रीय र जिल्ला समिति हुँदै केन्द्रीय समितिको अनुशासन समितिमा समेत पठाइएको तामाङले विज्ञीपतमा उल्लेख गरेका छन् ।
पार्टीका कार्यकर्ता नेताहरुको व्यापक दवावमा सिफारिस फिर्ता लिँदै यथासिघ्र कारबाहीको प्रक्रिया अघि बढाउने जिल्ला सभापतिले आश्वासन दिएको तामाङले उल्लेख गरेका छन् ।