धरान/ नेकपा एमालेका विभिन्न वडा तथा टोल कमिटिहरुले वडादशै तथा शुभ दिपावलीको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रमहरु गरिरहेका छन् ।
शुक्रबार धरान–१३ स्थित अमर आधारभूत विद्यालयको प्रांगणमा १३ नं. वडा कमिटिको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम तथा बामपन्थी गठबन्धन विषयक कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा एमाले सुनसरी सचिवालय सदस्य तथा धरान नगर इन्चार्ज प्रदिप भण्डारी, जिल्ला सदस्य जयकुमार राईले चाडबाडको महत्व तथा गडबन्धनसँग भएको तालमेलका विषयमा कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको अध्यक्षता एमाले धरानका १३ नं. वडाका कार्यवहाक अध्यक्ष मनोज पौडेलले गरेका थिए भने सञ्चालन सचिव विष्णु चौलागाईले गरेका थिए । कार्यक्रममा एमाले धरान नगर सचिव राजमणी निरौला, १३ नं. वडाध्यक्ष नेत्र काफ्ले लगायतले शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी एमाले ९ नं. वडा कमिटि धरान र निराजन बस्ती टोल कमिटिले पनि शुक्रबार नै शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो । नेपालीहरुको महान् चाड विजयादशमी तथा शुभ दिपावलीको अवसरमा शनिबार १५ नं. वडा कमिटि र १७ नं. वडा कमिटिले समेत शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका थिए ।