भद्रपुर ।झापाको एक काठ मिलवाट दश थानमा रहेको १ सय ५ दशमलव २० क्यु फिट सखुवा जातको गोलिया जिल्ला वन कार्यालय झापाले बरामद गरेको छ । झापा मेचिनगरपालिका १० मा रहेको नुरी स–मिल कम्पाउण्डवाट काठ बरामद गरिएको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।
विशेष सुचनाको आधारमा वन कार्यालयका सहायक वन अधिकृत एकराज दाहालको नेतृत्मा शसस्त्र प्रहरी, नेपाल प्रहरी ,वनको सुरक्षा टोलीले संयुक्त रुपमा वुधवार विहान साढे १० वजे मिलवाट काठ बरामद गरिएको जिल्ला वनका सुचना अधिकारी नथुनी गोहिवार यादवले बताए । मिलमा राखिएको काठमा कुनै टाँचा मार्का र छुट पुर्जी नभएकोले आवश्यक अनुसन्धानको लागि काठ वन कार्यालयमा ल्याइएको यादवले जनाए । काठ झापा तथा इलामका सामुदायिक वनको हुनसक्ने अनुमना गरिएको उनको भनाइ छ । मिल सञ्चालक तत्काल फेला नपरेकोले थप अनुसन्धान विना केहि भन्न नसकिने टोलि प्रमुख तथा सहायक वन अधिकृत दाहालले जानकारी दिए ।
































