काकरभिट्टा । प्रहरीले दुई वटा भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काकडभिट्टा र ट्राफिक प्रहरी पोष्ट काकडभिटटाको संयुक्त सवारीसाधन चेकजाँचको क्रममा डब्लुबि ७६९८७४ नम्बरको होण्डा कम्पनीको निलो रंगलको एक्टिभा र अन टेष्ट लेखिएको होण्डा कम्पनीकै रातो कलर होरनेट मोटरसाईकल नियन्त्रणमा लिएको हो ।
दुवै मोटरसाइकल चालकले आवश्यक कागजात देखाउन नसकेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । मोटरसाइकललाई आवश्यक कार्वाहीका लागि मेची भन्सार बुझाइएको प्रहरीले जनाएको छ ।