
दमक । झापाको गौरीगञ्ज गाउँपालिकामा आगलागी हुदाँ ६ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । सो गाउँपालिका ३ बस्ने माया लिम्बुको घरमा आगलागी हुदाँ एक तले घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगोले घर भित्र रहेको दुई वटा टिभी, दुई थान मोवाइल, लत्ताकपडा, सुन,चादी, खाद्यन्न र नगद ५० हजार जलेर नष्ट भएको प्रहरीले जनाएको । घरमा लागेको आगोलाई बारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।