दमक । झापाको दमकमा तास खेल्दै गरेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकले केहि नगद् सहित तासा खेल्दै गरेको अवस्थामा गोपाल खड्काको घरबाट पक्राउ गरेको जनाएको । दमक १ स्थित खडकाको घरबाट पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन । इलाका प्रहरी कार्यालय दमकका इन्सपेक्टर मिलन बस्नेतले धोरै रकम सहित तास खेल्दै गरेको अवस्थामा पक्राउ परेको बताए । पक्राउ परेकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।