धरान/नेपाल विद्युत प्राधिकरण इटहरी केन्द्र अन्तरगत दुहवीदेखि खनार स.स. को खनार ३३ केभी तथा तरहरा ११ केभी फिडरको बुस कटिङ लगायत अन्य मर्मत कार्य गर्नु परेका कारण भदौ ३१ गते शनिबार विहान ८ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म इटहरी, तरहरा, खनार, गैसार क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण इटहरी शाखाले जनाएकाे छ ।