इटहरी/पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वमा पर्यटन प्रवद्र्धनको सम्भावना भएको भन्दै त्यसलाई उपयोग गरी पर्यटन प्रवर्धन गर्नु पर्नेमा जोड दिएका छन् । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको प्रदेश नम्वर १ स्तरीय पर्यटन व्यवसायी भेलालाई इटहरीमा सम्वोधन गर्दै नेता नेपालले पर्यटकलाई आकर्षण गर्न पूर्वाधार तयार गर्नु पर्नेमा जोड दिए ।

नेकपा एमाले निटक पर्यटन व्यवसायी संगठनको भेलामा उनले पर्यटकीय स्थललाई नयाँ पन दिएर पर्यटक आकर्षण गर्न सकिने बताए । ‘नेपालमा पर्यटक आकर्षण गर्ने प्रसस्तै ऐतिहासिक महत्वका स्थान र वस्तू छन्’ पूर्व प्रधानमन्त्री नेपालले भने ‘ भएका पहिचानलाई नयाँ पन दिने हो भने पर्यटनको ठूलै व्यवसाय नेपालमा चल्न सक्छ ।’ मुस्लिमहरुको मक्का मदिना झै नेपाललाई पनि हिन्दुहरुको गन्तव्य स्थानका रुपमा विकास गर्न सके पनि यहाँको आर्थिक उन्नती हुने नेता नेपालले बताए । पर्यटन व्यवसायीहरुले ऐतिहासिक महत्वका स्थानको अध्ययन र पूर्वाधारका योजना अघि सारेर पर्यटन मार्फत मुलुकलाई समृद्ध बनाउन पनि उनले आग्रह गरे । यस प्रदेशमा पाथिभरा देवी, हलेसी महादेव, बराहक्षेत्र जस्ता महत्वपूर्ण स्थान भएकाले यहाँ धार्मिक पर्यटनको सभ्वाना भएर पनि उपयोग गर्न नसक्दा मुलुकनै पछि परेको उनले बताए ।

भेलामा नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभागका सदस्य तेजबहादुर ढकालले प्रदेश नम्वर १ को एकीकृत तथा दिगो पर्यटन विकासः समृछिको आधार शिर्षकमा अवधारणा पत्र प्रस्तुत गरेका थिए । प्रदेश नम्वर १ मा विश्वका अग्लो सगरमाथा देखि होचो स्थान झापाको केटना र संचारकै होटो अरुण उपत्यका जस्ता स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न जरुरी रहेको बताए । नेपालमा वाषर््िाक झण्डै ८ लाख बाह्य पर्यटक आउने गरेको र सरदरमा उनीहरुको नेपाल बसाई १३ पोइन्ट ४ दिन हुन गरेको बसाई लम्व्याउन र पर्यटक आगमन बढाउन पनि यहाँका धार्मिक, साँस्कृतिक थता भौगोलिक स्थानहरु प्रचार र पूर्वाधार तयार गर्नु पर्नेमा उनले बताए । प्रदेश नम्वर १ मा पर्यटन सम्वन्धी सम्भाव्यता अध्ययन गरी सोही आधारमा गन्तव्यस्थलको पहिचान गर्नु पर्ने, क्षेत्रको वर्गीकरण गरी पूर्वाधार र जनशक्तीको व्यवस्थापन गर्नु पर्नेमा उनले जोड दिए । यसैगरी राष्ट्रिय पर्यटन नीति र पार्टीको घोषणा पत्रका आधारमा उपयुक्त नीति तथा कार्यक्रमहरु निर्माण गर्न सिफारिस गर्ने र दिगो विकास र पर्यटन विकास, वातावरणीय संरक्ष र सचेतनामा अभिवृद्धी गर्ने जस्ता कार्यक्रम जरुरी रहेको उनको अवधारणा पत्रमा उल्लेख छ । कार्यक्रममा एमालेका पर्यटन विभाग प्रमुख सूर्य थापा, संगठनका उपाध्यक्ष एवम् एक नम्वर प्रदेश इन्चार्ज मदन आचार्य, एमाले नेताहरु जीवन घिमिरे, हिक्मत कार्की, पर्यटन व्यवसायी एवम् एमाले तेह्रथुम अध्यक्ष लक्ष्मण तिवारी, इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलगायतले बोलेका थिए । भेलााले डिल्लीराम शर्मा अधिकारीको अध्यक्षतामा एक नम्वर प्रदेश स्तरीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रेवतबहादुर थापा, सचिवमा तेजबहादुर ढकाल, सह सचिवमा एलिना मगर कोषाध्यक्षमा अर्जुनकुमार कार्की चयन भएका छन् । सदस्यहरुमा दिव्या भट्टराई, मौसम खनाल, भूपाल श्रेष्ठ, फडिन्द्र अधिकारी, ख्याम नेपाल, वीरबहादुर सुब्बा, शेखर ढकाल, अनिल मगर, प्रकाश श्रेष्ठ, सिर्जना लामा, विकास तामाङ, इन्द्रपुलामी मगर, रिता लामा, विजय नेपाल, लक्ष्मीबहादुर कार्की, प्रेम सापकोटा, विनोद गुरुङ, लाक्पा गेलु शेर्पा, नविन लिम्बू, एभी शेर्पा चयन भएको सदस्य शेखर ढकालले जानकारी दिए । फोटो पनि छ । तस्विरः ब्लाष्ट÷बाबुराम सुवेदी