सुनसरी/नेपालीहरुको मुख्य चाडवाड नजिकिदै छ । दशै ,तिहार, छट जस्ता चाडवाडमा हुन सक्ने कालोवजारी र आपराधिक गतिविधिलाई रोक्न पुर्वमा उच्च सर्तकता अपनाउँने भएको छ । चाडपर्वमा चोरी,डकैती, लगायतका अपराधिक गतिविधि र कालोवजारी गर्ने गिरोहहरु सक्रिय हुने भन्दै चाडवाडको वेला कडाई गर्ने लागेको हो । सिमा क्षेत्र हुदै भित्रने वस्तुहरुको निगरानी र कडा चेकजाँच समेत सुरु भएको एक नम्वर प्रदेश प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका एक नम्वर प्रदेश नम्वर एकका प्रमुख एआईजी पशुपति उपाध्यायले चाडपर्वमा बजारमा अत्याधिक मुल्य र गैरकानुनी वस्तुहरु विक्रि वितरण हुने भएको भन्दै सम्पुर्ण जिल्लाहरुले सर्तकता अपनाउँन थालेको वताए । सवैलाई निर्देशन दिईसकेको छु अब चाडै हामी निगरानीमा लाग्छौ उनले भने । हामीले भारत तथा चिनको खुल्ला सिमानामा कडाई गर्ने लागेको छौ एआईजी उपाध्यायले भने । वजारमा हुने कालोवजारी न्युनिकण गर्ने आफुहरु सचेत भएको वताउँदै प्रदेश नम्वर एकका १४ जिल्लामा सतर्कता अपनाई रहेको जनाए ।
प्रहरीले पनि चाडपर्वमा भीड हुने भएकोले त्यस्तै ठाउँमा आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै बजारलाई मुख्य लक्षित क्षेत्र मानेको छ । ‘बजारमा भीडसंगै लुटपात र चोरीका घटना पनि उतिकै हुने संभावना हुन्छ । ठुला चाडपर्वमा शहरबाट ग्रामिण ईलाकामा जाने यात्रुहरुको भीड पनि अत्याधिक हुने कारणले राजमार्ग पनि प्रहरीले प्राथमिकताको क्रममा राखेका छौ एआईजी उपाध्यायले भने । खुल्ला सिमानाबाट हुने सबै किसिमका अबैध क्रियाकलापहरु बन्द गदै शहर बजारमा हुने जुवातासमा विशेष कडाई गर्ने उनको भनाई थियो ।
शशस्त्र प्रहरीका पूर्वाअञ्चल प्रमुख डिआईजी जानकी भट्टराईल सिमा सुरक्षामा सामान निकासी पैठारीमा कडाई गर्ने थालेको वताए । उनले भने हामीले सिमा क्षेत्रमा कडाई पहिला देखि नै गदै आएको छौ ,नजिकिदै गरे को चाडवाडमा विशेष सर्तकता अपनाउँछौ भट्टराईले भने । सिमा क्षेत्रमामानिसको आवतजावतमा निगरानी राख्ने,नेपालीहरु भारत गएकाहरु नेपाल पर्केने हुदा भारतमा एसएसवी सँग एपीएफले समन्वय गर्ने , चेक जाँच हामी कडा पारीने लगायतको योजना रहेको शशस्त्रका डिआईजी भट्टराईले थपे । अन्य सुरक्षा निकाय सँग समन्वय गरेर सुरक्षा गछौ ।
चाडपर्व नजिकिदै गर्दा अपराधि गतिविधि तथा कालोबजारी वढ्ने भएकोले सुरक्षा सर्तकता अपनाएको इटहरीका डिएसपी सञ्जय राउतले वताए । चाडपर्वमा सवै ब्याक्तिलाई पैसा आवाश्यक पर्ने भएको कारण चोरीको घट्ना धेरै हुन्छ हामी नियन्त्रण गर्ने प्रयास गर्नेछौ उनले भने । ब्यापारीहरुले पनि सामान लुकाउँने र कालोबजारी गर्ने चन्दा आतङक गर्नेहरुलाई प्रहरीले कडा गर्छ कसैलाई छाड्दैनौ डिएसपी राउतले भने चाडवाडमा अपराधिक गतिविधि गर्नेहरु सक्रिय हुने भएकोले हामी सचेत छौ उनले थपे । जुवातास जन्य अबैध गतिविधि गरे कसैलाई नछोड्ने उनको भनाई थियो ।