शनिश्चरे/मोरङको पथरीशनिश्चरेका वासिन्दाले मंगलबार पथरी बजारको सरसफाई गरेर संविधान दिवश मनाएका छन् ।

पथरीशनिश्चरे नगरपालिका कार्यालयको आयोजनामा विहान गणतन्त्र चोकबाट सरसफाई कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा, मोरङ निर्वाचन क्षेत्र नम्बर २ का सांसद चण्डीप्रसाद राई, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना वास्तोला, वडाध्यक्ष, वडासदस्य सहित स्थानीयवासीको सहभागिता रहेको थियो ।

सरसफाईका लागि आवश्यक हातमा लगाउने ग्लोब र मास्क स्थानीय पथरी हस्पिटल र मोरङ हस्पिटलले सौजन्य गरेको थियो ।