केरखा । सवारी दुर्घटना परेर एक बालिकाको मृत्यु भएको छ । कमल गाउँपालिका २ भालु गाउँ निवासी ईश्वर न्यौपानेकी ५ वर्षीया छोरी इम्पेसा न्यौपानेको स्कुलबाट घर फर्कने क्रममा सोमवार दिउँसो बसको ठक्करबाट मृत्यु भएको ट्राफिक प्रहरी केरखाले जनाएको छ । इम्पेसा कमल गाउँपालिका २ स्थित पाथीभरा इङ्लिस बोडिङ्ग स्कुलमा नर्सरीमा अध्ययनरत छात्रा हुन् । विद्यालय छुट्टी भएर घर फर्कने क्रममा बसबाट ओर्लिएर बाटो काट्ने क्रममा विद्यालयकै बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको ट्राफिक प्रहरी केरखाका प्रहरी गोपालप्रसाद मेहताले जानकारी दिए । बस र चालक प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटना स्थल पुर्व पश्चिम सडक भन्दा ७ किलो मिटर दक्षिणमा पर्दछ ।