विराटनगर/विराटनगरमा तेस्रो क्षेत्रीय स्काउट ज्याम्बोरेट हुने भएको छ । जिल्ला स्काउट कार्यालय मोरङले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आउँदो असोज २७ देखि ३० गतेसम्म स्थानिय महेन्द्र मोरङ क्याम्पसमा हुने जानकारी गराएको हो ।

प्रत्येक चार वर्षको अन्तरालपछि हुने स्काउटको ज्याम्बोरेटमा एक नम्बर प्रदेशसहितको ३५ वटा जिल्लाका ३ हजार स्काउटको सहभागि रहने संयोजक नवलप्रसाद उपाध्ययले जानकारी दिए । ज्याम्बोरेटमा रोभर रेन्जर २ सय, स्काउटर ३ सय र आगन्तुकहरु एक हजार जनाको सहभागि रहेने आयोजकले जनाएको छ ।

‘चारवर्षपछि विराटनगरमा हुन लागेको ज्याम्बोरेट स्काउटहरुको एउटा कुम्भ मेला जस्तो हो,’ संयोजक उपाध्ययले भने, ‘विराटनगरमा हुने ज्यम्बोरेट भव्य र सम्भ हुनेछ ।’ यस्तो कार्यक्रमले पर्यटक प्रबद्र्धन र व्यावसायिकरणमा विकास गर्दछ’ उनभने । चार दिनसम्म सञ्चालन हुने ज्याम्बोरेटमा करिब २५ लाख रुपैया खर्च हुने आयोजकले अनुमान गरेको छ । ज्याम्बोरेटमा स्काउटले सिकेको विभिन्न साहसिक खेलहरु पनि प्रर्दनी गर्नेछन् । त्यस्तै सामाजिक तथा साँस्कृतिक कार्यक्रम समेत हुने संयोजक उपाध्ययले बताए ।

प्रत्येक स्काउटका क्षमताको विकास गर्न ज्याम्बोरेट एउटा अवसर र उपलब्धी रहेको संयोजक उपाध्ययले बताए । कार्यक्रममको उद्घाटन बिशिष्ट व्यक्तिबाट हुने बताइएको छ ।