सुनसरी/ सोमवार इटहरी चौक स्थीत हिरा होटल अगाडी एक १६ वर्षकी जस्तो दखिने महिला बाटोमा हिड्ने सबै यात्रु सँग सहयोग रकम माग्दै थिईन । मैला लुगा लगाएकी मधेसी मुलकी बालिकाको हातमा सहयोग गरीदिनु वुवा विरामी हुनुहुन्छ भन्दै लेखिएको थियो । तर उनी कोहि सँग बोल्दीनन् इशारा भने पैसा माग्दै हिड्दै थिईन ।
त्यस्तै अधवैसे उमेरका देखिने एक अर्को महिला पनि मुख्य चौंकमा बटुवासँग निसंकोच पैसा मागिरहेका देखिन्थीन् । आफु मुटु रोगी भएको वताउँने उनी केहि दिन देखि इटहरी आसपासका पसलहरुमा माग्दै हिड्दै छिन मैले देखेको छेउमै भेटिएका पानीपुरी ब्यापारी सञ्जिव चौधरीले भने । कचौरा वा हात फैलाउँदै पैदल यात्रीलाई पछ्याउने केटाकेटीदेखि बृद्धसम्म छन । गरिब भएको पत्र बोकेर माग्दै हिड्ने, स–साना बालबालिका दुधे बच्चालाई काखमा च्यापेर सडकमा माग्दै हिड्नेको संख्या बढ्दो छ ।
ती युवती त उदाहरणको पात्र मात्र हुन । नेपालीहरुको महान चाडपर्व नजिकिदै गर्दा पूर्वको हब बन्दै गएको इटहरीमा मगन्तेहरुको विगविगि हुन थालेको छ । बजारमा विभिन्न बहानामा पसलहरुमा भारतीय बजारबाट आएका मगन्तेहरुको विगविगि हुन थालेकोे हो । उनीहरु समुहमै शहरी क्षेत्रमा आएर विभिन्न बहानामा माग्ने गरेको इटहरी चौकमै रहेको हिरा होटलका सञ्चालक प्रकाश महतोले वताए । उनले भने समुह नै बनेर आएको महिलाहरुको ग्रुपले चोरी तस्करी समेत गर्ने गरेको भन्दै प्रशासनलाई कडा गर्ने आग्रह गरे ।
स्कुलको ड्रेस समेत लगाई शहर पसेको ब्यावसायीहरुले वताएका छन । धेरैको संख्यामा महिलाहरु नेपाल भित्रिएको ब्यावसायीहरुले वताएका छन । विहान जोगवनीबाट आउँने र वेलुका तिर फर्कने गर्छन ब्यावसायी महतोले भने । भारतको विभिन्न जिल्लाहरुवाट आएका उनीहरु चन्दा माग्दै हिड्ने गरेका छन । खाना पनि राम्रो ,मिनिवाटर नै खाने तर दिनभरी शहरहरुमा माग्ने गर्छन उनले थपे । नयाँ नयाँ तरीका उपनाएर चाडवाडमा चन्दा माग्नेहरु वढ्न थालेको उनको भनाई थियो ।
बटुवालाई छेकेर दयनीय अवस्था दर्शाउँदै कागजात देखाएर मागेकै भरमा उनीहरू आफ्नो जीवन भने चलाइरहेका छन् । अपवादमा कोही असहाय होलान, तिनीहरू रोगबाट पीडित होलान, काम गर्न नसक्ने होलान् । तर, हातखुट्टा सग्ला भएका र बुबाआमा भएकाहरूले माग्ने ‘पेसा’ नै बनाएका छन् । यसरी सडकमा नक्कली कागजात बनाएर माग्न हिड्नेहरूको संख्या कति छ ? कसैलाई थाहा छैन । प्रशासनले पनि यस विषयमा चासो नलिदा बजार माग्नेहरुको संख्या बढ्दो छ ।
यता इलाका प्रहरी कार्यलय इटहरी पनि मगन्तेहरुको कारण हैरान भएको वताउँछ । समुहमा हिड्ने माग्नेहरुले चोरी तस्करीमा समेत संलग्न रहेको भन्दै उनीहरुलाई पक्राउ गरेर दिनभरी प्रहरी कार्यलयमा राखेर केहि समुहलाई छोडेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सञ्जय राउतले वताए । उनले भने भारतबाट आएका यस्ता मगन्तेहरुलाई पक्राउ गर्ने काम भईरहेको वताए । आईतवार बजारमा गृहणीको सुन चोरेर भाग्दै गरेका विराटनगर कञ्चनबारी ७ विराटनगरका निरज यादवलाई पक्राउ गरेको जनाए । दशै तिहारमा दुलेचोर बढ्न सक्ने भन्दै कडाई गरेको जनाए ।