दमक । दुर्घटना न्युनिकरण महाअभियान अन्तरगत झापाको दमकमा एक दर्जन बढी सवारी चालकलाई सडकमै सम्मान गरिएको हो । दमक जेसीज र ट्राफिक प्रहरी कार्यालय दमकले उनिहरुलाइ सम्मान गरेको हो ।
सडकमा गुढीरहेका सवारीका चालकहरुलाई कार्यक्रमका प्रमुख अथिति संघीय इकाई प्रहरी कार्यालय चन्द्रगढीका एसएसपी उपरिक्षक पिताम्वर अधिकारीले गम्छा ओढाएर सम्मान गरेका थिए ।
सम्मानका क्रममा चालकहरुलाई प्रदेश नम्वर १ लाई हर्न निषेध गरेको, बसको फोहोर बाल्टीनमा राख्न अनुरोधसँगै ट्राफिक नियमको पालनको बारेमा जानकारी दिइएको थियो । एसएसपी अधिकारीले सडक प्रयोगकर्ता, पैदलयात्री, ठूला साना सवारी चालकले आफैबाट बानी ब्यवहार सुधार गरे दुर्घटना न्युनिकरण हुने बताए । सवारी दुर्घटना न्युनिकरणमा सरोकारवाला र सबै क्षेत्रको हातेमालो आवश्यक रहेको उनले जनाए । दमक जेसीजका अध्यक्ष गोविन्द् राज कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीले ट्राफिक नियमको पालनका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।