सुरुङ्गा / यौनजन्य कार्यमा लगाएर आर्थिक लाभ लिए पनि आफूहरुलाई पैसा नदिएको भन्दै युवतीको उजुरीपछि प्रहरीले होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।
बिर्तामोडमा रहेको सिर्जना होटलकी सञ्चालक सुष्मा भनिने सुर्जीकुमारी थारु, सोही होटलका सहयोगी सुजन शङ्कर र होटल मेनेजर सोनु भनिने बाबा लिम्बूलाई पक्राउ गरी प्रहरीले कारबाही अघि बढाएको छ । त्यस्तै सोल्टी होटलका सञ्चालक राम बोहरा फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले मानव बेचबिखन ऐनअन्र्तगत मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।
‘गत भदौ १ गतेदेखि १५ गतेसम्म सिर्जना होटलको भुइँतलामा रहेको स्टाफ कोठामा होटल सञ्चालकले पीडित भनिएका युवतीलाई ग्राहकसँग शारीरिक सम्पर्क गर्न लगाई आर्थिक लाभ लिएर पैसा नदिएको उजुरी परेपछि बिर्तामोडका विभिन्न होटलमा छापा मारी २२ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक विष्टले बताए । तीमध्ये तीन जनालाई मानव बेचबिखनविरुद्ध मुद्दा नै चलाएको उनले बताए ।