धरान/धरान उपमहानगरपालीकाले संबिधान दिवसको अवसरमा तिन दिन दिपावली गर्ने भएको छ । शनिबार बसेको नगर कार्यपालीकाको पाँचौ बैठकले असोज २,३ र ४ गते दिपावली गर्ने निर्णय गरेको हो ।

धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाको अध्यक्षतामा बसेको बैठकले असोज २,३ र ४ गते घर घरमा दिपावली गर्न नगरर्बािसलाई आग्रह पनि गरेको छ ।गणतन्त्र नेपालको संबिधान घोषणा भइ तेश्रो वर्षमा प्रबेश गरेको सुखद अबस्थामा घरघरमा दिपावली गर्न हामी नगरबासिलाइ आग्रह गर्दछौ बैठकपछि मेयर तारा सुब्बाले भने ।

बैठकले असोज ३ गते बिहान धरान उपमहानगरपालीकाको कार्यालयमा बिशेष कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरेको छ ।बिषेश कार्यक्रममा नगरसभाका सदस्य,सरकारी कार्यालय,बिषयगत कार्यालय तथा अन्य संबद्ध पक्षहरुलाई बिषेश कार्यक्रममा निमन्त्रणा गर्ने बताइएको छ ।

६ गते साँझ नगरसभाका सदस्य भेला भएर दिप प्रज्वलन गर्नेपनि निर्णय भएको छ ।संबिधान दिवसकै असरमा असोज ३ गते नगर स्तरिय वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गर्ने निर्णय नगर कार्यपालीकाले निर्णय गरेको छ ।

कार्यक्रम सम्पन्न गर्न कार्यपालीका सदस्य गिता पाख्रिनको संयोजकत्वमा समितीपनि बनेको छ ।

यसैबिच संबिधान दिवस मनाउन औपचारीक निर्णय गर्ने पहिलो स्थानिय तहको रुपमा धरान उपमहानगरपालीका भएको ।स्थानिय तहको निर्वाचनपछि पहिलो पटक संबिधान दिवस मनाउन लागिएको छ ।