शनिश्चरे/स्वतन्त्र लिम्बुवान नेपालको नाममा झापाको दमकमा ब्यवसायीलाई ५० लाख रुपैयाँ चन्दा माग्ने र नदिए ज्यान मार्ने धम्कि दिने २ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

अनुसन्धान भइरहेको भन्दै उर्लाबारी प्रहरीले पक्राउ परेकाहरुको नाम भर्ने बताएको छैन । पक्राउ पर्नेमा दमकका प्रतिष्ठित व्यवसायी होण्डा सो रुमका सञ्चालक र धम्किको पत्र लेख्ने अर्का व्यक्ति रहेको स्रोतले बताएको छ ।
दमक ९ मा नयाँ होण्डा सो रुम सञ्चालन गरेका उर्लाबारीका अगुवा युवा व्यवसायी मिलन गौतम र दिलबहादुर श्रेष्ठसँग स्वतन्त्र लिम्बूवान पार्टीलाई चन्दा भन्दै अध्यक्ष खामबोङ्साको हस्ताक्षरमा गत भदौ ४ गते पत्र आएको थियो । भर्खर सो रुम खोलेका व्यवसायीलाई ७ दिनभित्र पैसा नबुझाए र प्रहरीलाई भनें ज्यान लिने धम्कि पत्रमा उल्लेख थियो । पछि पत्र पठाउने पक्षले फोन गरेर पैसा जम्मा गर्न धम्कि दिएको थियो । मोवाइल फोनको आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदा दमक र इलामको चुलाचुली क्षेत्रका ५ जना मानिसलाई अनुसन्धानका लागि ल्याएपनि उनीहरुको निर्दाेष ठहरिएको भन्दै प्रहरीले छोडेको छ ।
शुुक्रबार पक्राउ परेका उनीहरुलाई छुटाउन उर्लाबारीमा दवाव आउन सक्ने बुझेर प्रहरीले पक्राउ परेका अन्य २ जनालाई भनें जिल्ला प्रहरी कार्यालय मार्फत नै अनुसन्धान गर्दै मुद्धा अघि बढाउन शनिवार विराटनगर पुर्याएको छ । आफुले सोरुम सञ्चालन गरेको ठाउँमा अरुतिरबाट व्यवसायी आएर सोही प्रकारको सोरुम खोलेको रिसमा लिम्बूवानको नाम लिएर २ व्यक्ति मिली त्यसप्रकारको आतंक सिर्जना गरेको हुनसक्ने स्रोतको भनाई छ ।
उर्लाबारी प्रहरी प्रमुख चन्द्रबहादुर थापाले जिल्लाले नै अनुसन्धान गरिरहेकाले हाल नाम सार्वजनिक नगरिएको बताएका छन् । पिडीतको जाहेरी परिसकेकाले मुद्धा दर्ताकै प्रक्रियाका लागि विराटनगर लगिएको उद्योग वाणिज्य संघ उर्लाबारीले जनाएको छ ।