भद्रपुर । दिदी बहिनी महिला समूह भद्रपुर ८ को सातौं वार्षिक साधारण सभा शनिवार चन्द्रगढीमा सम्पन्न भएको छ ।
भद्रपुर नगरपालिका उपमेयर चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा संस्थाकी अध्यक्ष पुष्पा जोशीले संस्थाको सांगठानिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । गत वर्षको मौज्दात समेत गरि आर्थिक वर्ष ०७३।७४मा ३ लाख ६३ हजार एक सय ५३ रुपैया आम्दानी र २ लाख ७० हजार नौ सय ४० रुपैया खर्च भई ९२ हजार २ सय १३रुपैया बचत गरेको विवरण सहितकोे वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । समूहलाई विभिन्न दाताहरुले गरेको सहयोगको वारेमा समेत प्रतिवेदन मार्फत सार्वजानिक गरिएको थियो ।
जोशीको अध्यक्षता तथा समूहकी सचिव कमला भट्टराइले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी भीम पौडेल,खानेपानी उपभोक्ता समिति चन्द्रगढीका अध्यक्ष पुरुषोत्तम अधिकारी,सल्लाहकार तथा पुर्व अध्यक्ष मनिदेवि भट्टराइ, वडा अध्यक्ष मनोज सुब्वा,गुरुकुल वेद विद्याश्रमका प्राध्यापक महेन्द्र कुमार भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । सोहि भेलाले शुसिला अधिकारीको अध्यक्षतामा १३ सदस्य रहने गरि दुई वर्षे कार्यकालका समिति चयन गरेको छ । समूहको उपाध्यक्षमा अनिता प्याकुरेल,सचिवमा तोला नेपाल,सहसचिवमा कमला भट्टराई र कोषाध्यक्षमा मीरा कोइराला छन् । त्यसैगरि सदस्यमा जानुका ढकाल, रिता ठकुरी,गिता न्यौपाने,गंगा नेपाल, देवी प्याकुरेल,रमा चुडाल,रिता पौडेल र प्रमिला कामती रहेको सहसचिव कमला भट्टराइले जानकारी दिइन् ।
त्यसैगरि झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा चन्द्रगढीमा सम्पन्न गरिएको छ । जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष विवेक पोखरेलले संस्थाको सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । हालसम्म १३ सय ३३ जना शेयर सदस्य रहेको सहकारीमा ५९ लाख ६८ हजार ९ सय शेयर पुँजी रहेको जानकारी गराएका थिए । आर्थिक वर्ष ०७३।७४मा ३४ लाख ८७ हजार ५२ रुपैया आम्दानी र ३१लाख ३० हजार ६ सय १५ रुपैया खर्च भई ३ लाख ५६ हजार ४ सय ३७ रुपैया मुनाफा गरेको विवरण सहितकोे वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट बचत सम्मानबाट जीवनमणि लम्साल र ऋणि तर्फ फुलकुमारी राजवंशीलाइ सम्मान गरिएको थियो । त्यसैगरी जेष्ठ महिला सदस्यमा शिवमाया कठायत क्षेत्री र पुरुषमा घोजुवा राजवंशीलाई समेत सम्मान गरिएको थियो ।
अध्यक्ष पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्मानितको तर्फवाट जिवनमणि लम्साल,राष्ट्रसेवक सहकारीका सचिव डिल्ली ढकाल,जिल्ला समन्वय समितिका उपसंयोजक मिना पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष हरि प्रसाद गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भवकृष्ण न्यौपानेले गरेका थिए ।
त्यस्तै विष्णु पाञ्चायन मन्दिर भद्रपुर १० चन्द्रगढीले पनि १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । जननिर्वाचित वडा सदस्य तुलसी पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा संस्थाका सचिव देवीप्रसाद दाहालले सांगठानिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । मन्दिरले ३५ लाख ५ हजार २ सय ९३रुपैया आम्दानी र २२ लाख ३६ हजार ५ सय ८१ रुपैया खर्च भई १२लाख ६८हजार ७ सय १२ रुपैया बचत गरेको विवरण सहितकोे वार्षिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा जग्गा दाता पेशल न्यौपाने,पात्तालकाली मन्दिरका अध्यक्ष हरिश्रचन्द्र नेपाल,कालीमन्दिरका अध्यक्ष हरिप्रसाद काफ्ले,दुर्गामाता उपसनासमितिका अध्यक्ष मणिराम न्यौपाने,पुर्व अध्यक्ष भीमादेवि लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोहि भेलाले आगामी दुइ वर्षे कार्यकालको लागि पुनः विष्णुप्रसाद काफ्लेको अध्यक्षतामा नौ सदस्य सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नर्वदा न्यौपाने,सचिवमा देवीप्रसाद दाहाल,सहसचिवमा श्यामप्रसाद न्यौपाने र कल्पना चापागाइलाइ कोषाध्यक्षमा चयन गरिएको छ । त्यसैगरि सदस्यमा तारा काफ्ले,यशोदा घिमिरे,लक्ष्मीप्रसाद पोखरेल र राजन नेपाल रहेका छन् । सभाले विश्वनाथ न्यौपानेको संयोजकत्वमा शिवकुमार न्यौपाने र निता दङ्गाल न्यौपाने रहने गरि लेखा समिति चयन गरेको सचिव दाहालले जानकारी दिए ।