इटहरी/इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को बजेट प्रकृया प्रति नेपाली काँग्रेस इटहरीले असन्तुष्टी जनाएको छ ।
नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलसहित अन्य नेताहरुको टोलीले इटहरीका मेयर द्वारिकलाल चौधरीलाई भेटी बजेट निर्माण सम्वन्धी ध्यानाकर्षण पत्र बुझाएका हुन् । काँग्रेस इटहरीले वार्ड स्तरीय बजेट वृद्धी गर्नु पर्ने र लक्षित समुदायको बजेट प्रत्येक वार्डमा नै पठाई वार्डाटै विनियोजन हुनु पर्ने माग राखेको छ । यसै गरी यस अघि लक्षित बजेट दुरुपयोग हुने गरेको पनि जनाएको छ ।
इटहरीस्थित बाढी पिडितहहरुको उचित व्यवस्थापन एवम् आवश्यक क्षतिपुर्ति र पुनर्वासको व्यवस्था गर्नु पर्ने, सार्वजनिक शौचालय निर्माण, सडक विभाग अन्तरगतका मुख्य सडक एवम् भित्री सडकहरुको खाल्डाखुल्डी पुरी सडक मर्मत गर्नु पर्ने र निर्माणधिन टेङ्ग्राहा खेलाको पुल शिघ्र काम सुचारु गरीआवतजावत सहज गर्नु पर्नेमा काँग्रेसले जोड दिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै मेयर चौधरीले आएका सुझावलाई कार्यान्वयन गर्ने प्रतिवता जनाएको इटहरी काँग्रेस सभापति हेमकर्ण पौडेलले बतए ।
यस पछि काँग्रेस इटहरीले पत्रकार सम्मेलन गरी केन्द्रबाट प्राप्त हुने ५९ करोड र आन्तरिक १३ करो रुपैयाँको बजेट भएको भन्दै त्यसलाई समान रुपमा विनियोजन गर्न माग गरेको छ । हाल वार्ड स्तरीय योजनाको लागि प्रदान गरिएको ४० लाख रुपैयाँको सिलिङ कम भएको भन्दै विकासे बजेट र लक्षित बजेट पनि वार्ड स्तरबाटै विनियोजन गर्नु पर्ने सभापति पौडेलले बताए । पत्रकार सम्मेलनमा मेयरका प्रत्यासी रोहित प्रसाई, काँग्रेस महासमिति सदस्य राजिव ढुङ्गाना गीता श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
यसै बीच संघीय समाजवादी फोरम नेपालले पनि नगर परिषद्मा सामाजिक साँस्कृतिक, आर्थिक, राजनीतिक, भमी व्यवस्थापन, अव्यवस्थित बसोवासर सुकुम्वासी समस्या समाधान, भौतिक संरचना, शिक्षा, स्वास्थ्य लगायको क्षेत्रमा आम नगरवासीको पहुँच पुग्ने गरी बजेट विनियोजन र कार्यक्रम बनाउन सुझाव दिएको छ । सो पार्टीका अध्यक्ष राजकुमार गुरुङले उपमहानगरपालिमामा ध्यानाकर्षण पत्र बुझाएका हुन् । इटहरी उपमहनगरपालिकाले शनिबारदेखि परिषद् शूरु गर्दैछ ।