[caption id="attachment_55790" align="alignleft" width="431"] फायल फाेटाे[/caption]

तरहरा /नेपालीहरुको महान पर्व दशैँ नजिकिएसँगै बजारमा अनुगमनको लहर चलेको छ । अनुगमनका लागि अनुगमन गर्ने प्रवृत्तिले उपभोक्ता र व्यापारीमा हाउँगुजी मात्रै हुने गरेको छ । बढ्दो कालोबजारी अन्त्य गर्न प्रभावकारी अनुगमन नहुदा उपभोक्ताहरु ठगीने क्रम बढ्दै गएको उपभोक्ताहरुको गुनासो छ ।

मौसमी प्रकृया झैँ गरी सुरु भएको यस्ता अनुगमन केवल अनुगमनका लागि मात्र हुने गरेको उपभोक्ताहरु बताउँछन् । इटहरीमा केही सरकारी निकायले गरेको बजार अनुगमन पनि यस्तै झारो टार्ने खालको थियो । आपूर्ति तथा व्यवस्थापन विभाग काठमाण्डौँबाट आएका कर्मचारी सहित स्थानिय कर्मचारीहरुले केवल अनुगमनका लागि अनुगमन गप्यो । स्थानिय स्तरमा गुणस्तर तथा नापतौल विभाग, घरेलु तथा साना उद्योग कार्यालय, स्थानिय व्यापारीक संस्थाका प्रतिनिधिहरु सहितको टोलीले केवल सामान्य अनुगमन गरेँ झै गरी टारी दिए ।

दशैँ तिहार जस्ता चाडपर्वमा कृतिम अभाव हुने सम्भावना भएकाले बजार अनुगमन गरिएको आपूर्ति तथा व्यवस्थापन विभागका शाखा अधिकृत रामकृष्ण श्रेष्ठले बताए । उनले भने हामीले बजारमा अनुगमन चै गरेकै हो । अहिले बजारमा हुने यस किसिमको अनुगनमले प्रभावकारीता नल्याउने उपभोक्ताहरु बताउँछन् । दशैँ तिहारमा मात्र गरिने यस्ता अनुगमन नाटक जस्तो मात्र हुने गरेको स्थानिय उपभोक्ता बताउँछन् ।

अहिले बजारमा हुने यस्ता अनुगमन पूर्व सुचना दिएर हुने गरेको पाईन्छ । जुन ठाउँमा अनुगमन हुने हो त्यो ठाउँका व्यापारीलाई पहिल्यै त्यसको जानकारी दिइएको हुन्छ । तर यस्तो अनुगमनबाट बास्तविक कालोबजारी उम्कन सक्ने भएकाले अनुगमन आकस्मीक र छड्के तरिकाले गर्नुपर्ने उपभोक्ता नवराज पौडेल बताउँछन् । उनी भन्छन यो अनुगमन अनुगमन जस्तो मात्र भयो प्रभाव भने छैन उनले थपे । बजारमा हुईयाँ मात्र फैलाउने तर बढ्दो कालोबजारी र कृतिम अभाव नियन्त्रण गर्न मौसमी रुपमा मात्र नभएर बजार अनुगमन महिनामा कम्तिमा १ पटक हुनुपर्ने उपभोक्ता विक्रम घिमिरे बताउँछन् । चाडपर्वको समयमा खाद्यान्न तथा अन्य उपभोग्य वस्तु , लत्ता कपडाको बढि खपत हुने गर्दछ । यस्तो समयमा व्यापारीहरुले बढि फाईदा लिन मुल्यमा वृद्धि गर्ने, कृतिम अभाव गर्नेलाई कार्वार्ही गर्ने हिम्मत राखेर अनुगमन हुनु पर्छ घिमिरेले भने ।

बजारमा अहिले मनपरी तन्त्र चलीरहेकै छ । आम उपभोत्ताहरु विभिन्न बहानामा ठगिने, लुटिने र फसिने क्रम रोकिएको छैन । नाफा कमाउने नाममा ब्यापारीले मनपरी गदै आएको छ । वजार अनुगमन भए पनि अनुगमन नामै मात्रको फितलो छ । बजारमा कुन वस्तुको मूल्य कति हो भन्ने समेत अन्योल सिर्जना भइरहेको र व्यापारीहरूले मनलाग्दी मूल्य असुल गरिरहेको इटहरीकै उपभोक्ता सत्यनारायण काफ्ले वताए । बजारमा भईरहेको वह्मलुटलाई केहि सामान्य पसलहरुमा अनुगमन गरेर मात्र पूग्दैन कडा कार्वार्ही होस उनल थपे ।