तरहरा/ नेपालीहरुको महान चाडवाड नजिकिदै गर्दा पूर्व क्षेत्रीय ट्राफिक प्रहरीले भने ठाउँ ठाउँमा चेकिङ राखेर दुःख दिने गरेको सामाजिक अगुवाहरु वताउँछन । असार्वजनिक यातायात क्षेत्रको बेथिति र मनोमानी रोक्न नसक्ने ट्राफिक प्रहरी जरीवना काट्ने नियतले मात्र सडकमा चेकिङ भईरहेको उनीहरुको आरोप छ ।
सरकारी पक्षको फितलो अनुगमनको कारण अहिले सार्वजनिक यातायातका साधनहरुले सर्वसाधरणहरुलाई ठग्दा मौन वस्ने ट्राफिक प्रहरी भने सर्वसाधरणबाट जरीवना असुल्न मात्र ब्यस्त भएको इटहरीका माओवादी केन्द्रका नेता मदन चुडालले भने । ट्राफिकको चेकिङ दशै तिहारमा असुल्ने माध्याम मात्र भयो दिगो समस्याको सामधान खोजिएन उनले भने । अहिले कमाउधन्दाको लागी जथाभावी चेकिङ भईरहेको छ उनले थपे ।
अहिले दशैको चहलपहल सुरु हुदा बसमा क्षमता भन्दा बढी यात्रुहरु बोक्ने,भाडा धेरै लिने,नजिकका यात्रुहरु नहाल्ने गरेको भए पनि ट्राफिक प्रहरीले भने सर्वसाधरणलाई राजश्व कटाउँन मात्र ध्यान दिने गरेको उद्योग वाणिज्य संघ झुम्काका अध्यक्ष सगेन चौधरीले वताए । उनले चेकिङ नियम अनुसार भए पनि बाटैमा जरीवना काट्ने सिस्टम हटाउँन उनको माग छ । गल्ती गर्नेलाई कार्वार्ही र जरीवना कार्यलयमा काट्नु पर्छ मनलागी जरीवना काट्न अन्त्य हुनु पर्ने उनको भनाई थियो ।
चेकिङमा बसेको ट्राफिकको ब्यावहारमा सुधार नआएको इटहरीका विद्यार्थी नेता प्रमोद भट्टराईले वताए । केहि दिन अघि इटहरीको ट्याङ्गा खोलामा असई ज्ञानबहादुर देउजाले सर्वसाधरणलाई मनपरी गाली समेत गरेको वताए । दशै लागेको वेला हुने वाक्लो चेकिङको कुनै अर्थ छैन केवल कमाउँने मेलो हो उनले थपे । यात्रुहरु सँग राम्रो ब्यावहार समेत नगरी सर्वसाधरणहरुको कमजोरी खोजेर रकम असुल्ने काम मात्र भईरहेको उनको भनाई थियो । विभिन्न वहानामा जसरी पनि रसिद कटाउँन मात्र टाफिकको ध्यान जान्छ उनले थपे । तरहराका ब्यापारी भरत गिरीले ट्राफिक चेकको कुनै अर्थ नभएको वताए ।
यो चेकले कानुन वलियो भएन पैसा दिदा कानुन लाग्दैन नदिदा मात्र लाग्ने हो यसको सामधान खोज्नु पप्यो उनले थपे । कानुन कार्यन्वयनमा ध्यान नदिई सडकमा मात्र चेकिङको मात्र अर्थ नहुने सर्वसाधरणहरु वताउँछन । ट्राफिक प्रहरीले सवारी चालक अनुमति पत्र , सवारी अनुमति पत्र र पछिल्लो समयमा मापसे जाच गर्ने बाहेक चालकको लापरबाही रोक्न कुनै कदम चालेको देखिदैन । खनारका स्थानीयवासी तथा युवासंघका नेता रुपेश वस्नेतले फितलो नियम कार्यन्वयन हुदा सडकको अवस्था कहालिलाग्दो भएको वताए ।
यता पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख राजकुमार लम्सालले भने दशै तिहारमा हुने नकरात्मक गतिविधि रोक्न नियमित चेकजाँच गरीरहेको जनाए । उनले भने अहिले हामीले प्रत्येक ठाउँमा चेकजाँचलाई तिब्रता दिएका छौ । सडकमा नजिक नजिक चेकिङमा प्रहरीको समेत संलग्नता हुदै आएको छ । कमिशनको कारण ट्राफिक चेकिङलाई तिब्रता दिएको भन्द्रै सर्वसाधरणहरु भने असन्तुष्ट जनाउँद आएका छन ।