भद्रपुर । झापाको दक्षिण कचनकवल गाउपालिका ५ का वाढी पीडित परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । गत साउनको अन्तिम सातामा आएको वाढीका कारण पीडित वनेका कचनकवल गाउंपालिका ५ पाठामारीका ४ सय परीवारलाई राहत सामाग्री वितरण गरिएको हो । साग्रिला अर्फानेज होमको सहयोग तथा रोटरी क्वल अफ भद्रपुरको संयोजनमा वाडिएको राहत सामाग्रीमा एक परिवारलाई एक थान त्रिपाल र एक थान म्याटरेस उपलव्ध गराइएको छ । झापा उद्योग संघका अध्यक्ष एव रोटरीयन टीकाराज ढकालको अध्यक्षता एवं कचनकवल गाउपालिकका उपाध्यक्ष निमसरी राजवंशीको प्रमुख आतिथ्यमा भएको राहत सामाग्री वितरण कार्यक्रममा साग्रिला अर्फानेज होमका अध्यक्ष निता शाही, रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष सुरेश कुमार मित्तल, पूर्व एआइजि नवराज ढकाल,रोटरीयनहरु दिपेश ढकाल, सन्तोष पोखरेल, लोकवन्धु ढुगाना लगायतले सामाग्रि हस्तान्तरण गरेका थिए । रोटरी क्लवका सदस्य एवं संचारकर्मी ईश्वर अधिकारीले संचालन गरेको कार्यक्रममा कचनकवल वडा ५ का अध्यक्ष महेशलाल गणेशले स्वागत गरेका थिए । मेची नदीको बाढी पसेर त्यहाका गाउ वासी पीडित वनेका थिए ।