गौशाला/ मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गरेर आजदेखि शुरु भएको छ ।

तीन दिनसम्म मनाइने यो पर्वमा व्रत बस्नु अघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जीतमाहन र दिवंगत पितृलाई प्रसाद चढाएर चिउरा दही तथा अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खाने र भोलि बिहान ४ बजेदेखि निराहार व्रत बसेर पर्सी बिहान ८ बजेतिर व्रत सम्पन्न गर्नेछन् ।

सयौँ व्रतालुले जिल्लाको विग्ही, रातो जंगहा, अंकुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर भार्गवसरलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जीतमाहनको कथा पाका व्यक्तिले भन्ने र तन्नेरीले सुन्ने गरिन्छ ।

व्रत बस्नु अघिल्लो दिन (आज) व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु भएको पौराणिक कथन छ । रासस