धादिङ/धादिङमा मंगलबार बिहान भएको बस दुर्घटनामा दुईजनाको ज्यान गएको छ । नवलपरासीको प्रतापुर गाउँपालिका–५ की ६२ वर्षकी रमा शंकर सिंहको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

[caption id="attachment_47524" align="alignleft" width="449"] Dead body in a mortuary[/caption]

नवलपरासीकै ६० वर्षका बच्चा रावलको भने उपचारका क्रममा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गएको हो । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको विशालटारमा लु २ ख ६६३० नम्बरको बस दुर्घटना हुँदा ३१ जना घाइते भएका थिए । घाइते मध्ये ६ जनाको स्टार हस्पिटल र दुईजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।