दमक । आफ्नो जन्मदिनमा झापा, दमक–६ की पूजा समालले २० जना दृष्टिविहीन विद्यार्थीहरुलाई भोजन खुवाएकी छन् । स्थानीय सरस्वती माविका अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई विद्यालयमा पुगेर समालले खाजा, खानाको व्यवस्थापन गरेकी हुन् ।
आफ्नो जन्मदिनमा वर्षेनी सामाजिक कार्य गर्दै आएकी उनले तडकभडक गरेर मनाउने चलनलाई हटाउन त्यस्तो सामाजिक कार्यमा जोड दिँदै आएको बताउँछिन् । जन्मदिनमा गरिने तडकभडक रोक्न सचेतनाका रुपमा मैले आफ्नो जन्मदिन मनाउँदै आएकी उनले बताइन् ।
जन्मदिनका नाममा मदिरापानमा हुने खर्च यसरी सामाजिक कार्यमा लगानी गर्न सके थोरै भएपनि त्यस कामले पूण्य प्राप्त हुने उनको भनाई छ ।
पछिल्ला आधा दशक यता पूजाले कहिले आश्रम, कहिले मठमन्दिरमा आश्रित माताहरुलाई यसरी नै सक्दो सहयोग गर्दै आएको सुनाउँछिन् ।