ताप्लेजुङ/नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्वाचन क्षेत्र निर्धारण आयोगले सत्तारूढ दलको प्रभावमा परी प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र विभाजन गरेकाले विभिन्न जिल्लामा असन्तुष्टि देखापरेको बताए ।

प्रेश चौतारी ताप्लेजुङले सोमबार विहान गरेको पत्रकार संमेलनमा बोल्दै पहाडमा एक सिट बनाउने र तराईमा बढि सिट बनाउने सड्यन्त्र सरकार पक्षिय पाटिको दबाब र प्रभावले भएको दाबि गरे ।

एमालेको राम्रो प्रभाव भएको क्षेत्रमा थोरै र कम भएकोमा बढि क्षेत्र बनाउने खेल रचिएको भए पनि नेपाल भित्र जे खेल खेले पनि एमाले पछि नपर्ने दावि गरे। दीर्घकालीन महत्व रहेको क्षेत्र निर्धारण आयोगले जसरी स्वतन्त्र रूपमा काम गर्नुपर्ने थियो त्यो नसकेको बताउँदै प्रचार विभाग प्रमुख समेत रहनुभएका नेता भट्टराईले सबै निर्वाचनमा एमाले प्रमुख दल बन्ने घोषणा समेत गरे ।

यसै विच उनले आगामी असोज २ हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण र भयरहीत ढंगले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह समेत गरे ।

शान्तिपूर्ण, भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न र आचारसंहिताको कडाइका साथ पालना गराउन निर्वाचन आयोगको समेत पटक पटक आग्रह गरेको बताउँदै उहाँले लोकतन्त्रमा सबै राजनीतिक दल र उम्मेदवारहरुले आफ्नो विचार र आस्थाको आधारमा चुनावी अभियान सञ्चालन गर्न पाउनु धारणा राख्नुभयो ।

तराई÷मधेसमा सामन्ती व्यवस्था, जातीय विभेद र लैंगिक विभेदविरुद्ध निरन्तर संघर्ष गर्दै सामाजिक न्याय र समानता स्थापित गर्न अनवरत रुपमा जनताको अगुवाइ गर्दै आएको पार्टी एमाले नै भएको र पछिल्लो समयमा पार्टीका विरुद्ध फैलाइएका सबैखाले भ्रम तथा षड्यन्त्रलाई चिर्दै लोकप्रिय पार्टीका रुपमा स्थापित गर्न तरा-मधेसका जनताहरु उत्साहका साथ चुनावी प्रचार अभियानमा जुटिरहेको उनको भनाई छ ।

सचिव भट्टराईले एमाललेलाई मधेश विरोधी भनेर दुश्प्रचार गरिए पनि तराई–मधेशको समग्र विकासमा पार्टीको योगदान रहेको उल्लेख गर्दै एमालेविरुद्ध नेपाली काँगेस र नेकपा (माओवादी केन्द्र) बीच महागठबन्धन भए पनि एमालेको जित सुनिश्चित भएको दावि गरे।

एक फरक प्रसंगमा बाल्दै उनले आफुले मतदाता नामावलि ताप्लेजुङमा सार्नुमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो मताधिकार जिल्लाबाटै प्रयोग गरौ भन्ने मात्रै भएको बताए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो उम्मेदवारीका विषयमा सञ्चारकर्मिले राखेको जिज्ञासामा पाटिले निर्णय गरे ताप्लेजुङबाटै उठ्ने पनि संभावना रहेको संकेत गरे ।

सचिव भट्टराई एमाले जिल्ला कमिटी ताप्लेजुङले अयोजना गरेको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्न ताप्लेजुङ आउनुभएको थियो । उनी सोमबारनै दुई नंबर प्रदेशको चुनावि प्रचारका लागि तराई झरेका छन् ।