भद्रपुर । झापाको मेचिनगर नगरपालिका ६ बाट प्रहरीले शनिबार बेलुका लागूऔषध ट्याब्लेटसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेची नगर नगरपालिका ८ का २५ बर्षिय विबेक खड्का रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । उनको साथबाट एस पी ट्याब्लेट १० पत्ता बरामद भएको छ ।
उनलाई आवश्यक कार्वाहीको लागी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखीएको छ ।