धरान/नेपाल पत्रकार महासघं सुनसरीले आईतबार धरान उपमहानगरपालीकामा आफ्नो ध्यानाकर्षण पत्र बुझाएको छ ।महासघं सुनसरीका अध्यक्ष अमर खड्काको नेतृत्वमा आएको पत्रकारहरुको टोलिले धरान उपमहानगरपालीकाको मेयर तथा उपमेयरलाई भेटी आफ्नो ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानकर्षण पत्र बुझाउदै महासघंले पत्रकार कल्याण कोषको स्थापना,भवन निर्माणमा सहयोग,उपमहानगरपालीकाबाट प्रदान गरिने पुरस्कार राशी बृद्धि,पत्रकारको क्षमता बिकासका लागी बजेट बिनियोजन जस्ता मागहरु प्रस्तुत गरेको थियो ।ध्यानाकर्षण पत्र बुझ्दै मेयर तारा सुब्बाले ध्यानाकर्षण पत्रमा भएका अधिकाशं मागहरु सम्बोधन हुने प्रकृयामा रहेको बताए ।

सुब्बाले ध्यानाकर्षण पत्रमा भएका मध्ये धेरै बिषयलाई आगामी बजेटमा समाबेश गरिएको र केही बिषयलाई क्रमागत रुपमा सम्बोधन गर्दै जाने बताए ।

धरान उपमहानगरपालीकालाई सञ्चार मैत्री बनाउने भन्दै उनले कतिपय बिषयहरुमा बजेट थोरै भएपनि आगामी दिनहरुमा क्रमश बृद्धिहुदै जाने बताए । पत्रकार महासघं सुनसरीका अध्यक्ष अमर खड्काले माग सम्बोधन कालागि मेयरलाई धन्यबाद पनि दिए ।