विराटनगर/ विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७४÷०७५ का लागी कुल ३ अर्व ३८ करोड ८९ लाख २१ हजारको अनुमानित आयव्ययको वजट पारित गरेको छ ।पहिलो नगर परिषदवाट नगरपालिकातर्फ १ अर्व ७४ करोड ८९ लाख २१ हजार तथा मझौला शहर एकिकृत सहरी विकास सुधार परियोजना तर्फ १ अर्व ६४ करोडगरी चालु आर्थिकवर्षका लागी अनुमानित वजेट पारित गरेको हो ।

महानगरापलिकाले आइतबार पत्रकार सम्मेलनगरी महानगरपालिकाको आन्तरिक श्रोतवाट २७ करोड १४ लाख ४० हजार राजश्ववाट २ करोड २५ लाख नेपाल सरकार वितिय समानिकारण अनुदान ५४ करोड ६१ लाख ५१ हजार नेपाल सरकारको स–र्सत अनुदानवाट ३१ करोड ५४ लाख ४१ हजार, वैदेशिक अनुदान ३ करोड ५४ लाख ५० हजार , जनसहभागितावाट ३ करोड २० लाख ९८ हजार आयआर्जन हुने अनुमान गरेको छ ।

महानगरपालिकाका मेयर भिम पराजुलीले पारित वजेटका लागी नगरविकास कोष ऋण सहयोग ५ करोड नगरपालिका मौजाद १७ करोड ८७ लाख आयआर्जन हुने जानकारी दिए ।उनले महानगरपालिकाले नगरपािलकातर्फको चालुखर्चकाका लागी कुल वजेट मध्ये २० करोड ८६ लाख ९८ हजार रुपैया विनियोजित भएको उल्लेख गरे ।

त्यस्तै नेपाल सरकारवाट प्राप्त अनुदानवाट विषयगत कार्यालयको चालुखर्चका तर्फ २६ करोड ७१ लाख ४१ हजार विनयोजन गरेको छ । महानगरपालिकाले समाजिक सुरक्षा भत्तातर्फ २० करोड , भौतिक पुर्वाधानर निमार्णका लागी ९२ करोड ५१ लाख ५२ हजार , वातवरण सरसफाइ तथा विपद् व्यवस्थापनका लागी ३ करोड २३ लाख, समाजिक विकास एंव लक्षित कार्यक्रमका लागी ११ करोड ५६ लाख २९ हजार ५ सय ७० रुपैया विनियोजित गरेको छ ।

त्यसैगरी वजेट नितितथा कार्यक्रम अन्र्तगत विराटनगरमा संचालित संचारमाध्यमहरुलाई दिदै आएको सेवा सुविधामा वृद्धि गरेको छ । शैक्षिक प्रगतिका लागी दुई सामुदायिक विद्यालय तथा एक मदरसालाई छनौटगरी एक करोड ५० लाख रुपैया छुटयाएको छ । नहरलाई वाइपासको रुपमा विकासगर्न एक करोड रुपैया विनियोजित गरेको छ ।

छोरी वचाउ अभियान अन्र्तगत पहिलो सन्तान छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप ३ हजार रकम दिने निर्णय भएको छ । त्यस्तै ९० वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकलाई सम्मान स्वरुप एक हजार थप भत्ता प्रदानगर्ने निर्णय गरेको छ । यसैगरी महानगरापकिालकाले भौतिक उपकरण खरिदका लागी दुई करोड रुपैया छुटयाएको छ ।