धरान/धरान उपमहानगरपालीका –६स्थित पानवारीका हात्ती पिडितलाई धरान उप महानगरपालिकाले आईतबार राहत वितरण गरेको छ । उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले पानवारीका ६ घर परिवारलाई राहत स्वरुप नगद वितरण गरेका हन् ।
हात्ति पिडित ध्रुव कट्टवाललाई ५ हजार नगद, जंगरानी लावती ९ हजार, अमृत वि.क.लाई ५ हजार, गोवर्धन कार्कीलाई ३ हजार, जीमन भुजेल र सनम मगरलाई १५÷१५ सय वितरण गरिएको हो ।एक महिना अघि जंगलबाट आएका हात्तीले घर भत्काएको थियो । हात्ति पिडितहरुको क्षतिको बिबरण वडा कार्यालय मार्फत संकलन गरेर राहत वितरण गरिएको हो ।
अहिलेपनि हात्तिले बेला बेलामा दुख दिने गरेकाले यसको दिर्घकालिन उपाय खोज्नु पर्ने वडा नम्बर ६का अध्यक्ष भुवनसिंह बस्नेतले बताए ।अहिलेसम्म पानवारीमा हात्ती आक्रमणले गर्दा ७ जनाको ज्यान गईसकेको छ । पानवारी अति हात्ति प्रभावित क्षेत समेत मानिदै आएको वडा अध्यक्ष बस्नेतले बताए ।