इटहरी / विभिन्न मुद्धामा अदालतबाट कैद तथा जरिवना ताेकिएकाे फरार भएका तीन जनालाई इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरेको छ ।

उनीहरुलाई जिल्ला अदालत सुनसरीमा बुझाएको पकलीप्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार तीन जनालाई शुक्रबारनै झुम्का कारागारमा पठाएइएको छ । पक्राउ पर्नेहरुमा साविक भासी ३ का दिपनारायण वातर, पकली ६ का थिरबहादुर खड्का र रामुधनी १ का मनोजकुमार साह रहेको इलाका प्रहरी किार्यालय पकलीका प्रहरी निरिक्षक शान्ति राम कार्कीले बताए ।