सुनसरी/ केहि समय यता अदालतको पुहँच गाउँमा पुप्याउँनु पर्छ भन्दै जिल्ला अदालत सुनसरी अहिले गरीव र विपन्नको कुरा सुन्न तथा जनचेतना फैल्याउँन गाउँ पस्न थालेको छ । गाउँ गाउँ पुगेर प्रदान गरिने यो सेवाको वारेमा जनचेतना जगाउँन अदालत गाउँ पस्न थालेको हो ।
जनता सम्म अदालतको पहुँच वृद्धि गर्ने उद्धेश्यले सुनसरी जिल्ला अदालत ले संचालन गर्ने जनता सम्म अदालतको पहुच कार्यक्रम इटहरीको जनता बहुमुखी क्याम्पस इटहरीमा विद्यार्थीहरु सँग कार्यक्रम गरेको छ । अदालतले प्रदान गर्ने सेवा जनताले सरल र सहज ढंगले प्राप्त गरुन भन्दै अहिले जिल्ला अदालत सुनसरी जनता सँग पुग्न थालेको सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीस अर्जुनप्रसाद कोईरालाले वताए ।
अदालत र जनताको सम्बन्ध सुमधुर बनोस तथा न्याय छिटो र छरितो ढंगले जनताले प्राप्त गरून् भन्ने अभिप्रायले संचालित यो कार्यक्रम मा जनता बहुमुखी क्याम्पस मा अध्ययनरत बिद्यार्थी हरुलाइ प्रदान गर्नु अत्यन्तै राम्रो भएको इटहरीका स्थानीयवासी तथा अधिबक्ता रमेशकुमार पोखरेलले वताए ।
उनले भने जिल्ला आदलत सुनसरीको यो कार्य निकै महत्वपूर्ण हो । सुनसरी जिल्ला अदालतका मु्ख्य न्यायाधीश कोइराला सहित ,न्यायाधीशहरु कृपासुर कार्की र चित्रबहादुर गुरुङ ,सुनसरी जिल्ला अदालतका स्रेस्तेदार लगायतको टोलि क्यापम्स आएको थियो । अदालतको टोलि सङ्ग बिद्यार्थी हरुले अदालतले प्रदान गर्ने सेवाहरु,यस्को सहज र छिटो प्राप्ति कसरी गर्ने भन्ने जिज्ञासा् राखेका थिए ।