भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी सम्वद्ध युवाहरुको झापा जिल्ला भेलाले राज कुमार राईको अध्यक्षतामा २३ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापा जिल्ला तदर्थ समिति गठन भएको छ । आइतवार विर्तामोडमा सम्पन्न भएको भेलाले
उपाध्यक्षमा प्रल्हाद थापा र राज कुमार योङ्या, र सचिवमा कमल आचार्य चयन भएका छन् । त्यस्तै सदस्यहरुमा ईन्द्र नारायण राजवंशी , दिपक सिटौला ,अर्जुन कार्की , अमित राई, सन्तोष कडरीया, काली वहादुर चौहान , प्रकाष सुवेदी , लगायत रहेका छन् ।
भेलालाई सम्वोधन गर्दै महामन्त्री राजेन्द्र लिङ्गदेनले विभाजनको विषम परिस्थितिमा कसैले आत्तिनु पर्ने अवस्था नरहेको वताए । उच्च मनोवलको साथ पार्टी सुद्धीकरणमा लाग्न सवैलाइ आग्रह गरेका थिए ।
युवाहरुको सक्रिय सहभागिताले मात्र पार्टी वलियो हुने धारणा राख्दै महामन्त्री लिङ्गदेनले कसैको उक्साहट र प्रलोभनमा नअल्मलीन सुझाव समेत दिए ।
कार्यक्रममा जिल्ला अध्यक्ष अम्वर विष्ट, सचिव केशव ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।