पाल्पा/ रामपुर नगरपालिका–४ देवीस्थानमा शनिबार साँझ एक युवकको हत्या भएको छ । हत्या हुनेमा रामपुर चिहानडाँडाका २८ वर्षीय ओमबहादुर खाँण रहेका छन् ।

खाना खाएर गल्लीमा बसिरहेको अवस्थामा एक्कासि उनको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । हत्यापछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरी अस्पताल पुर्याए पनि उनको बाटैमा मृत्यु भएको थियो । कृष्णकमल चौधरीले कुटोले हिर्काएर उनको हत्या गरेको बुझिएको छ ।
पाल्पाका प्रहरी उपरीक्षक डिल्लीरमण पन्तले अभियुक्तको खोजी भइरहेको बताए । रासस