सिराह/ अज्ञात समुहले चुल्ठो काटी घाइते बनाइएकी एक महिलाको सिराहमा मृत्यु भएको छ । सिराह सुखिपुर ७ की २५ बर्षीया लक्ष्मिनिया मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिगत केही समययता तराई क्षेत्रमा अज्ञात समुहले महिलाको चुल्ठो काट्न थालेपछि आतंक नै मच्चिएको छ । एक दर्जनभन्दा बढि महिलाको चुल्ठो काटिएको छ । भारतको हरियाना र राजस्थानमा ५० भन्दा बढि महिलाको चुल्ठो काटिएको थियो ।
भारतमा मच्चिएको चुल्ठो काट्ने आतंक नेपालमा पनि आएको थियो । अज्ञात समुहले महिलाको टाउकोमा बिशालु पदार्थ राखिदिने गरेको छ । विशालुु पदार्थ राखेपछि महिला बेहोस हुने र त्यही बेला चुल्ठो काट्ने गरेका छन् ।
रुपेन्देही र कपिलबस्तुपछि सिराह, सप्तरीमा यो घटना बढेको थियो । स्थानीय प्रशासनले यो घटनालाई नपत्याउँदा एक महिलाको मृत्यु भएको छ । चुल्ठो काटिए लगतै उनलाई अस्पताल पुरयाइएको थियो । उनको उचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पछिल्लो समय सिराहमा मात्र १५ महिलाको चुल्ठो काटिएको छ ।
यसकाठमाडाैं