
धरान/ इटहरी उपनगरका बाढी पिडितलाई तमु ह्रयुल छोजघी गुरुङ राष्टि्य परिषद जिल्ला समितीले विहिवार राहत वितरण गरेकाे छ।
इटहरी वडा नं ९ र १० का एक सय चार घरलाई समितीले खाद्यन्न वस्तु तथा लत्ता कपडा विवरण गरेकाे छ । राहतका लागी एक घर बराबर खाद्यन्न वस्तु २५ केजी चामल, ३ केजी दाल , २ लिटर तेल, १ केजी न्युटेला र रेडिमेट कपडा लगायतका साम्रागी वितरण गरिएको थियो ।