इटहरी / केहि दलको राजनितिक स्वार्थको कारण इटहरी टुक्रिएको भन्दै इटहरीका राजनितिक दलहरुले तिब्र असन्तुष्टि ब्यक्त गरेका छन । सुनसरी क्षेत्रनम्वर अन्तरगत इटहरी उपमहानगरपालीकालाई नै फुटाएर कुनै ब्यक्ति जिताउँन मनोमानी ढंगल क्षेत्र निर्धारण गरेको भन्दै स्थानीय राजनितिक दलहरुले असन्तुष्ट जनाएका हुन ।
इटहरीका सबै ठुला दलका प्रतिनिधिहरुले विरोध जनाउँन थालेका छन । नेकपा एमालेबाट क्षेत्र नम्वर २ बाट प्रत्यक्ष निर्वाचित संसद रेवतीरमण भण्डारीले अब्यवाहारीक रुपमा क्षेत्र निर्धारण गरेको वताए । मापदण्ड र जनसख्याको समानता नमिलेको उनको नभाई थियो । क्षेत्र नम्वर २ मा २ लाख २८ हजार जसंख्या भए पनि क्षेत्र नम्वर ३ मा १ लाख ८३ हजार मात्र जनसंख्या छ । कसरी यती धेरै जनसंख्या फरक भयो उनले प्रश्न गरे । काग्रेसलाई लक्षित गदै उनले भने कुन पार्टीको को मान्छे जिताउँने भन्ने प्रभाव परेको देखिन्छ ।
नेपाली कांग्रेस इटहरी उपमहानगर सभापती हेमकर्ण पौडेलले आयोगले सरकारलाई बुझाएको निर्वाचन प्रतिवेदनको खुलेरै बिरोध जनाएका छन । उनले आफ्नो फेसबुकमा आक्रोष पाखेका छन । उनले अब्यबहारीक क्षेत्र निर्धारण भएको भन्दै तत्काल सच्याउँन समेत माग गरेका छन । इटहरी उपमहानरपालीकालाई टुक्रा टुक्रामा विभाजन गरेको भन्दै उनले आपत्ती जनाए । इटहरी शहरको पररीकल्पना गरेको थियो त्यो रोक्ने प्रयास रोकिएको छ उनले भने । प्रदेशको राजधानी बन्न इटहरीलाई नदिन इटहरी टुक्राउँन पहल भयो । यो राम्रो भएन उनले भने ।
एमाले इटहरीका प्रभावशाली नेता रामप्रसाद चौलागाईले एमालेले इटहरीलाइ प्रदेश राजधानी बनाउने उद्घोषगरी प्रदेश कार्यालय स्थापना र संचालन गरेको अबस्थामा कांग्रेस, माओबादी र फोरम लोकतन्तरिक गठबंनधनले इटहरीलाइ २नं० निर्वाचन क्षेत्रमा वार्ड १,२,३ ४,५, १६,१७,१८,२९,२० र तिन नं० निर्वाचन क्षेत्रमा ६,७,८,९,१०,११,१२,१३,१४ र १५ बिभाजन गरी इटहरीलाइ अस्थित्व बिहिन बनाएको भन्दै आपत्ती जनाएका छन । उनले आफ्नो फेसवुक मार्फत सबै सत्ताधारी पार्टीहरुलाइ इटहरी उपमहानगरपालिकाको नागरिकको हैसियतले मुर्दाबाद समेत भनेका छन ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले जनसंख्यालाई पहिलो र भूगोललाई दोस्रो आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गरे अनुरूप इटहरीको १ दखि ५ र १६ देखि २० नम्वर वडालाई क्षेत्र नं २ मा र ६ देखि १५ वडा सम्मलाई क्षेत्र नं ३ मा पारेको भन्दै इटहरी वासीले आपत्ती जनाएका हुन । क्षेत्र नं. २ मा रामधुनी नगरपालिकाका वार्ड नं. १, २, ३, ५, ८ र ९ , इनरुवा नगरपालिकाका वार्ड नं १, २, ५, ६, ९, १०, देवानगञ्ज गाउँपालिका र हरिनगरा गाउँपालिकाको वार्ड नं. २ समावेश गराएको भन्दै इटहरीका नेताहरुले आक्रोस ब्यक्त गरेका हुन ।