इटहरी/ देशका ठूला शहरहरुसँग प्रतिस्पर्धा गरिरहेको पूर्वको केन्द्रविन्दु इटहरी एक नम्बर प्रदेशको राजधानी नभए चुनावी मुद्धा बनाउँने इटहरीका नेताहरुले चेतावनी दिएका छन । केहि हप्ता पछाडी प्रदेशको नामकरण र राजधानीको विषयमा टुंगो लगाउँने सरकारले तयारी गरीरहेको अवस्थामा आन्दोलनको चेतवनी दिदै इटहरीमा राजधानी बनाउँनु पर्ने माग नेताहरुले गरेका हुन ।

देश सङ्घीय संरचनामा गएसँगै इटहरीवासीले प्रदेशको राजधानी उपयुक्त हुने भन्दै केन्द्रिय नेता देखि नगरस्तरका नेताहरु सम्म प्रदेशको राजधानी इटहरी हुनु पर्ने माग गर्न थालेका छन । प्रदेश नम्वर एकको १४ जिल्लाको केन्द्रविन्दुमा इटहरी हरेक हिसाबले पर्ने भन्दै प्रदेश नम्वर एकको राजधानी दावी गरीएको सुनसरी क्षेत्र नम्वर २ का निर्वाचित संसद रवतीरमण भण्डारीले वताए । उनले भने इटहरी प्रदेश एकको राजधानी इटहरी बनाउँन सबै नेताहरुलाई जानकारी गराई सकेको वताए ।

संसद भण्डारीले कुनै पनि हालतमा इटहरीलाई प्रदेश नम्वर एकको राजधानी बनाउँन पर्ने र सबैको केन्द्र विन्दुलाई मध्यनजर नगरी राजधानी अन्यत्र लगे चुनावी मुद्धा वनाई विरोध गरे । एक नम्वर प्रदेशको लागी इटहरी भन्दा उपयुक्त अरु ठाउँ छैन त्यस कारण इटहरी मुख्य राजधानी हुनु पर्छ भण्डारीले थपे । निर्विरोध वनाउँने हो भने सरकारले इटहरी वनाउँनु पर्छ विवाद गर्ने हो भने अन्त्यै लौजान्छन उनले भने । कुनै कुनै मन्त्रालय विभाजन गर्ने सकिने उनको भनाई थियो ।

प्रदेशको राजधानी इटहरी हँुदा प्रदेशका जनताहरुलाई इटहरीहँुदै आवतजावत गर्ने सहज बाटोघाटोको समेत सुविधा भएको कारण प्रदेश १ को राजधानीको लागि इटहरीको विकल्प खोज्नु नहुने पूर्व भुमिसुधार मन्त्री रामकुमार सुब्बाको तर्क छ । इटहरीलाई प्रदेशको राजधानी नवनाए आम इटहरीवासीले आन्दोलन गर्छन उनले भने । इटहरीलाई प्रदेशको राजधानी वनाउँन आफुहरु माथिल्लो निकायमा पहल थालिरहेको उनको भनाई थियो । इटहरी प्रादेशिक राजधानीको लागि पूर्वका अन्य शहरभन्दा निकै उपयुक्त छ पूर्व मन्त्री सुब्बाले थपे ।

नेपाली काग्रेसका महासमिति सदस्य राजिब ढुंगानाले प्रदेशको राजधानी इटहरीको विकल्प सरकारले सोच्न नहुने तर्क गरे । इटहरीलाई प्रदेशको राजधानी कुनै हालतमा वनाउँनु पर्छ ढुंगानाले थपे । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा इटहरीका युवा नेता मदन चुडालले पनि इटहरीलाई प्रदेशको राजधानी हुन नदिए कडा आन्दोलन गर्ने सम्म पछि नपर्ने उनको चतावनी थियोे ।

प्रादेशिक राजधानीलाई मन्त्रालय बस्न पुग्ने ठाउँहरु इटहरीमा प्रशस्त छ । प्रादेशिक राजधानीको लागि इटहरीको तरहरामा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, इटहरीकै जुटविकास चौकमा रहेको जुट अनुसन्धान केन्द्र र इटहरीकै झुम्कामा रहेको कृषि तालिम केन्द्र उपयुक्त ठाउँ हुन् । यी कार्यालयहरुलाई सरकारले प्रादेशिक राजधानी बनाउनु पर्ने नेताहरुले वताउँदै आएका छन । क्षेत्रीय कृषि अनुसन्धानमा १ सय ४ हेक्टरमा १ सय ५६ बिघा जमिनसँगै दर्जनौं सुविधासम्पन्न भवनहरु छन् । यस्तै जुट अनुसन्धान केन्द्रमा २२ हेक्टरमा झण्डै ३६ बिघा र झुम्कामा रहेको कृषि तालीम केन्द्रलाई पनि मन्त्रालय बनाउन सकिने नेताहरुको तर्क छ ।