विजयपुर/धरान उपमहानगरपालीका ५ स्थित देबीमार्गका स्थानियले सात दिनमा छ वटा गाउँ जोड्ने डेढ किलोमिटर सडक खनेर सबैलाई उदाहरण प्रस्तुत गरेका छन् ।
धरान उपमहानगरपालीका क्षेत्र भित्रको दुर्गम क्षेत्रमा पर्ने देबी मार्गका स्थानियले डेढ हप्ता अगाडि सडक निर्माणको माग गर्दे धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बासँग डेलिगेशन आएका थिए ।
डेलिगेनसन लगत्तै मेयर सुब्बाले उपमहानगरपालीकाका प्राबिधिकहरुको टोलि पठाएर सडकको निर्माणको लगत संकलन गर्न लगाएका थिए ।
तत्काल बाटो निर्माण गर्न मेयर सुब्बाले चारलाख ८६ हजरा रुपैया बजेट दिएका थिए ।स्थानियले उक्त बजेटको सदुपयोग गर्दै बजेट पास भएको सात दिनमै डेढ किलोमिटर सडक निर्माण गरेर देखाएका छन् ।
स्थानियको यो कार्यले बिकास निर्माणका कार्यमा ढिला सुस्ती गर्ने ठेकेदार र राजनैतिक भागबन्डाका आधारमा बनेका उपभोक्ता समितीलाई गतिलो पाठपनि सिकाएका छन् ।यो सडक निर्माणको नेतृत्व भने महिलाहरुले गरेका छन् ।
धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बा भन्छन् ‘बिकास निर्माणका कार्यमा ढिलासुस्ती गर्नेलाई महिलाहरुको नेतृत्वमा रहेको यो उपभोक्ता समितीले राम्रो पाठ शिकाएको छ ।
’देबिमार्ग बाटो निर्माण तथा मर्मत संम्हार उपभोक्ता समितीकी संयोजक दुर्गालक्ष्मी राई भन्छिन् ‘यो बाटो नबन्दा हामीले मात्र हैन वडा नम्बर ४ र ५ का स्थानियले निकै ठुलो दुख पाएका थिए,बाटो बनेपछि स्थानियलाई निकै राहत भएको छ ।
उपमहानगरपालीकाले दिएको ४ लाख ८६ हजार बजेट बाहेक अरु सबै स्थानिय जनश्रमदानबाट सडक निर्माण गरिएको हो ।बाटो निर्माणको अबस्था निरिक्षण गर्न बुधबार बिहान त्यस ठाउमा पुगेका मेयर तारा सुब्बा त्यतिबेला तिन छक्क परे जति बेला स्थानियले सडक निर्माण गरि सकेर निरिक्षण गर्न पुगेको टोलिलाई फुलमालाले स्वागत गरे ।
हामीले बाटो निरिक्षण गर्न गएका थियौ स्थानियले त काम सकेर स्वागत गरे,मेयर सुब्बाले भने यो कार्यबाट जनताले चाहेको खण्डमा बिकासका कार्यलाई तिब्रगतिमा अगाडि बढाउन सकिन्छ भन्ने उदाहरण लिन सकिन्छ ।
बाटो निर्माण समितीकी सचिब सुनिता राई भन्छिन् ‘यो बाटो २४ सै घण्टा ब्यस्त हुन्छ,मेयर साबको एउटा निर्णयले सिंगो गाउको मुहार नै हसिलो भएको छ ।
उक्त सडक निर्माण भएपछि धरान ४ र ५ नम्बर वडाका श्रीगाउ,हर्दिया,दानाबारी,सुमनटार,मनटा,टाकुरे जस्ता ठाउका स्थानिय कृषकलाई निकै ठुलो राहत मिलेको छ ।
सचिब सुनिता राईका अनुसार त्यस क्षेत्रबाट उत्पादीत कृषिजन्य बस्तु बिक्रीकालागि राती २ बजे देखिनै स्थानियहरु हिड्ने गर्छन ।मेयर तारा सुब्बाले ती क्षेत्रहरुलाई धरानको कृषि उत्पादनका लागि लक्षित गरेर धरान –हर्दिया कृषि सडक निर्माण गरिने जानकारी दिए ।
उनले बुधबारनै देबि मार्गको सडकलाई थप निर्माणकालागि एक करोड बजेट छुट्टयाउने घोषणा गरेका छन् । अब बन्ने सडकहरुको छेउमा छुट्टै साइकल ट्रयाक पनि बनाईने बताएका छन् ।