तरहरा/ तरहरामा नेपाल जेसिसको क्षेत्र क सम्मेलन २०१७ हुने भएको छ । क्षेत्र क सम्मेलन तरहरा जेसिसको आयोजनामा तरहरामा हुन लागेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन ।
तरहरा शाखाले पहिलो पटक क्षेत्र क सम्मेलन गर्ने लागेको आयोजक समितिका निर्देशक मणिराम श्रेष्ठले पत्रकार सम्मेलन मार्फत वताएका हुन । सम्मेलन भदै १६ र १७ गते सम्म चल्ने श्रेष्ठले वताए । विगत २० वर्ष देखि नेतृत्वदायी भुमिका गरीरहेको तरहरा जेसिसले क्षेत्र क सम्मेलनलाई भब्य वनाउँने छ कार्यक्रम निर्देशक श्रेष्ठले थपे ।
तरहरा इटहरी,लगायतका क्षेत्रको भौगोलिक सास्कृतिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित गराउँनु,युवाहरुलाई सकरात्मक सोचको विकास गराउँनु,युवाहरुको ब्यवस्थापकीय नेतृत्व क्षमता बृद्धि, आर्थिक विकासमा टेवा पुराउँन,आन्तरीक पर्यटन प्रर्बदन लगायतका उदेश्यका साथ क्षेत्र क सम्मेलन आयोजना गरेको तरहरा जेसिसले जनाएको छ।
क्षेत्र क सम्मेलनमा ३२ लाख ५० हजार खर्च हुने तरहरा जेसिसले जनाएको छ । सम्मेलनमा ३६ वटा जेसिसको शाखाबाट करी ५ सय ५० जना युवाहरुकोे सहभागी हुने छ । तरहरा जेसिस सन १९९७ मा स्थापना भई विभिन्न सामाजिक कार्य गदै आएको छ । पत्रकार सम्मलन कार्यक्रममा नेपाल जेसिसका अध्यक्ष प्रकाश अधिकारी, तरहरा जेसिसको अध्यक्ष मुकुन्द कार्की लगायतले मनतब्य राखेका थिए भने जेसिसका केन्द्रिय पदाधिकारीहरुको उल्लेखनीय मात्रामा उपस्थित रहेको थियो ।