विजयपुर/धरान द बेष्ट नामक सामाजिक सञ्जालमा आबद्ध यूवाहरुको पहलमा इटहरीका बाढी पिडितलाई राहत प्रदान गरिएको छ ।
देशबिदेशमा रहेका नेपालीहरु आबद्ध धरान द वेष्टले अफ लाइफ नामक संस्थासंग मिलेर इटहरी उपमहानगर पालिका वडा नं १० अन्र्तगत पर्ने बुढिखोला किनारको बरगाछी टोलका पिडितलाई राहत सामाग्रि उपलब्ध गराएको हो ।
धरान द बेष्टका एड्मिन चन्द्रबिक्रम लिम्बुले देश तथा विदेशमा रहेका नेपाली युवाहरुको सहयोगमा राहत उपलब्ध गराइएको जानकारी दिए ।
धरान द बेस्टका सदस्य टंक मगरको सक्रियतामा एकलाख २ सय तीस रुपैंयाँको राहत सामाग्रि खरिद गरेर पिडीतहरुको उद्धारमा खटिरहेको बरगाछी टोलबिकास संस्थाका अध्यक्ष सम्सेर राई लगायतको टिमलाई औपचारिक कार्यक्रम गरि राहत सामाग्रि प्रदान भरिएको लिम्बुले बताए ।
राज्यस्तरबाट वितरीत राहत सुगमका पिडीतले मात्र पाएको तर दुर्गमका पिडितले राहन नपाएको गुनासो आएपछि धरान द बेस्टले बाढीबाट अति प्रभाबित क्षेत्रमा वीतरण गरिएको सदस्य टंक मगरले बताए ।
राहत बितरण कार्यक्रममा धरान द बेष्टका एड्मिन लगायत सदस्यहरु जीवन भुजेल, राजु राई, सोनु राई, कोनिता लिम्बु, सुर्यजंग श्रेष्ठ, सौमिन राई लगायतको उपस्थिती रहेको थियो ।
यस अघि यो संस्थाले आर्थिक रुपले पिडित बिरामीहरु मध्ये धरानकी नाइसा शाक्य,सविन श्रेष्ठ, इटहरीकी एलिना तामाङ, केराबारीकी दुर्गा शाही र पोखराकी अनिता धौलाकोटीलाई ५ लाख रुपैंयां बराबरको आर्थिक सहायता गराएर उपचारमा सहयोग गरेको छ ।
द वे अफ लाईफ ( जीवनको गोरेटो ) का अध्यक्ष हिरा श्रेष्ठले पनि राहत संयोजन र वितरणको कार्यमा महत्वपूर्ण भूमिका निर्बाह गरेको एडमिन चन्द्रबिक्रम लिम्बुलले बताए ।
घर बगेर बिजोक भएका त्यस स्थनाका १ सय ७ घरधुरीमा बस्ने ३ सय ५१ जनालाई खानाको लागि दाताले ल्याइदिएको राहत समाग्रीको ब्यबस्थापन गर्न अहोरात्र खटेका सम्सेर राईका अनुसार अहिले स्कुल जाने वालवालीका सबैभन्दा धेरै पिडित भएका छन् ।
स्थानिय पिडितहरुले अहिले सम्म १४ वटा संस्थाले राहत दिएर गएका छन तर सरकारले राहत उपलब्ध गराउन सकेको छैन ।