भद्रपुर /थानीय तहका निर्वाचित जनप्रतिनिधिलाइ आफ्नो गाउ तथा नगरमा रहेर सम्पादन गर्नु पर्ने कार्यमा कानुनी समस्या भएको जनप्रतिनिधिले बताएका छन् ।
स्थानीय तहको संवैधानिक तथा कानूनी अधिकार र वर्तमान अवस्थाका विषयमा झापा जिल्ला अदालत बार इकाइले मंगलवार झापाको भद्रपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख तथा उपप्रमुखले यस्तो समस्या अघि सारेका हुन् । निर्वाचनको समयमा जनतासंग वाचा गरेका कामहरु कानुनी जटिलताका कारण सम्बोधन गर्ननसकेकाले निकासका लागि उनिहरुले अनुरोध समेत गरेका थिए ।कार्यक्रमलाई झापा जिल्ला अदालतका न्यायाधिस सुर्दशनराज पाण्डेले उद्घाटन गर्दै कार्यपालिका,व्यवस्थापिका र न्यायपालिकाको अधिकार आएपनि कानूनी जटिलता रहेकोले समस्या भएको बताएका छन् ।
अदालतले गर्नेकाम स्थानीय स्तरमा गइसकेपछि अदालतलाई कार्यभार कम हुन जाने भएपनि प्रदेश सभाको निर्वाचनपछि मात्र सम्भव हुने न्यायाधिस पाण्डेले उल्लेख गरेका छन् । फैसला गर्ने अधिकार नभएपनि मेलमिलापको तर्फवाट समस्यालाइ समाधना गर्न पाइने पाण्डेले जानकारी गराएका थिए । अदालत भनेको सवैको भएकोले आएर निगरानी गरिदिन हुन उनले अनुरोध समेत गरेका छन् ।
गाउपालिकामा दैनिक विभिन्न प्रकृतीका मुद्दा आएकोले त्यसको समाधानका लागी कुनै अधिकार नभएकोले राजनैतिक छवि जोगाउन मुस्किल परेको हल्दीवारी गाउपालिका उपाध्यक्ष डम्बर बहादुर गिरीले बताए । काम, कर्तव्य र अधिकारको बारेमा स्पष्ट निर्देशन नआएकोले जनतामुखी हुननसकेको उनको धारणा थियो।
कार्यक्रममा विर्तामोड नगरप्रमुख धु्रव कुमार सिवकोटी,शिवसताक्षीका प्रमुख चन्द्र कुमार शेर्मा,अर्जुनधाराका प्रमुख हरि कुमार राना,मेचीनगरपालिका प्रमुख विमल आचार्य,कचनकवल गाउपालिका अध्यक्ष अन्जार आलाम ,कमल गाउपालिका अध्यक्ष मेनका काफ्ले लगायतले नगर तथा गाउपालिकामा देखिएका समस्याहरुको बारेका जानकारी गराएका थिए ।
उपप्रमुख उपाध्यक्ष साथै वडाध्यक्षलाइ कानुनी परामर्श जरुरी रहेकोले अन्तरक्रियाको आयोजना गराई सहयोग पुर्याइदिन अदालत तथा बार इकाइलाइ उनिहरुले अनुरोध समेत गरेका छन् ।
बार इकाइका अध्यक्ष सुरज कुमार खत्रीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै निर्वाचित भएर कार्यभार जिम्मा लिएपछि आइपर्ने विभिन्न विषयमा सम्पादन गर्न समस्या देखिएकोले केहि कानुनी अधिकारका बारेमा जानकारी गराउने उदेश्यले नगर प्रमुख उपप्रमुख साथै गाउपालिका अध्यक्ष एवं उपाध्यक्षलाई भेला गराई कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता दामोदर सापकोटाले स्थानीय तहको संवैधानिक तथा कानूनी अधिकार र वर्तमान अवस्थाका विषयमा बुत्तचित्र प्रस्तुत् गरेका थिए । बार इकाइका अध्यक्ष खत्रीको सभापतित्व तथा जिल्ला न्यायाधिस पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा अधिवक्ता अशोक पोखरेल,कुल प्रसाद दाहाल,टंक उपे्रति,न्यायाधिस पाण्डे लगायतले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन बार इकाइका सचिव चित्र बहादुर मगरले गरेका थिए ।