तरहरा/प्रतिनिधि सभाको लागि ४ निर्वाचन क्षेत्र कायम गरिएको सुनसरीमा आयोगले मिश्रित रुपमा निर्वाचन क्षेत्र कायम गरेको स्रोतले जनाएको छ ।

हालको धरानमा रामधुनीको बक्लौरी, भरौल र बराह नगरपालिकाको १ देखि ५ नम्बर वडासम्म मिसाएर एउटा क्षेत्र बनाईएको छ ।त्यस्तै इटहरीको खनारसहितको केही वडा मिसाएर दुहवी, बर्जु र गढी गाउँपालिकालाई मिलाएर अर्को क्षेत्र बनाईएको छ ।

त्यस्तै इनरुवालाई केन्द्र बनाएर रामधुनीको बकलौरी र भरौल बाहेकको क्षेत्र, इटहरीको पकलीसहिका केही वार्ड, इनरुवा, गौतमपुर र देवानगञ्ज गाउँपालिकालाई मिलाएर अर्को क्षेत्र बनाईएको छ ।

त्यसैगरी बराह नगरपालिकाको वडा नम्बर ६ देखि ११ सम्म भोक्राह, कोशी, हरिनगरा (गौतमपुर बाहेक) गाउँपालिकालाई मिलाएर चौथो निर्वाचन क्षेत्र बनाईएको छ ।