तरहरा / उद्योग बाणिज्य संघ इटहरी तरहरा शाखाको दोश्रो पदस्थापद कार्यक्रम सम्पन्न भएको छ । गत साउन १४ गत्ते सम्पन्न अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको थियो ।
नयाँ कार्यसमिति अध्यक्षमा पुन केशवराज गिरी(सुमन) र्नििर्वरोध बिजयी भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा सुदर्शन खड्का,उद्योग उपाध्यक्षमा रमेश श्रेष्ठ,बाणिज्य उपाध्यक्षमा जगत लामिछाने,महासचिवमा मेनुका गिरी,उद्योग सचिव विकास गिरी,बाणिज्य सचिव प्रदिप के.सी,कोषाध्यक्षमा गोविन्द कोइराला निर्विरोध बिजयी भएका छन् ।
त्यस्तै राजश्व परामर्श समिति संयोजकमा भरत गिरी,तालिम तथा सेमिनार संयोजक शुरेश कुमार बस्नेत,मुद्धा मामिला संयोजक भक्त ब.पुरी,सुचना तथा सञ्चार संयोजक राजु गिरी,महलिा उद्यमी तथा घरेलु संयोजक शारदा खड्का,बजार ब्यबस्थापन संयोजक दिपक गजमेर,कार्यक्रम ब्यबस्थापन तथा सदस्यता नविकरण मान ब.बस्नेत,बिपत् ब्यबस्थापन संयोजक कुलदिप चौधरी रहेको अध्यक्ष केशबराज गिरी (सुमन) ले जनाकारी दिए । त्यस्तै अन्य तिन जना मनोनित सदस्यहरु कमला राई बन,भिम बन,बिजय परियार मनोनित भएका छन् ।
त्यस्तै पाँच जना सल्लाहकारहरु पनि चयन गरिएको छ । सल्लाहकारहरुमा मणिराम श्रेष्ठ,टिकादत्त बन,दलेन्द्र खड्का,पोषराज नेपाल र उवासंघ तरहराका निवर्तमान् महासचिव रमेश बहादूर कार्कीलाई रहेका छन ।