सुनसरी/सोमबार विहानै इटहरी ३ मा रहेको सुनौलो बस्तीमा एउटै रंगको टिर्सट लगाएका युवाहरु कोहि प्याज काट्न ब्यवस्त थिए, कोहि लशुन केलाउँदै । नेपाली काग्रेसको युवा दस्ता तरुण दल सुनसरी अहिले राहत सामाग्री वितरण तथा उनीहरुलाई एक छाक मिठो खुवाउँन बाढी पिडितका वस्ती वस्ती पुग्न थालेका छन ।
सुनौलो वस्तीलाई सोमबार विहानको खाना खुवाउँन बाढीपिति क्षेत्र पुगेका तरुण युवाहरुले आफैले पकाएको खाना पिडितहरुलाई खुवाए । बाढी प्रभावित क्षेत्रका सबै पिडितहरुलाई वोलाएर तरुणदल सुनसरीले मासु भात खुवाएको छ । पिलपिले पाल मुनी वस्दै आएका बाढी पिडितलाई युवाहरु आफैले खाना वनाई एक छाक मिठो खाना खुवाएको हुन । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा उल्लेखनीय भुमिका खल्दै आएको तरुण दल सुनसरीले सुनसरीका बाढी प्रभावितलाई एक छाक भए पनि मिठो खाना खुवाउँने वताएको छ ।
बाढीका कारण अधिकांसको विजोक भएको भन्दै उनीहरुलाई राहत सामाग्री संकलन गदै सुनसरीको विभिन्न क्षेत्रमा हिडिरहेको तरुणदल सुनसरीका अध्यक्ष शिजन गुरुङले वताए । सुनसरीमा एक तरुण एक राहत अभियान सहित सबै बाढी पिडितहरु समक्ष युवाहरुले सहयोग गरीरहेको छौ सोमबार विहान सुनौलो बस्तीमा बाढी पिडितहरुलाई मासु बाढ्दै गर्दा भेटिएका शिजनले भने । एक छाक भए पनि मिठै खुवाउँनु पर्यो भनेर यहाँ खान खुवाउँन आएका हौ अध्यक्ष गुरुङले भने ।
सोमबार बिस्थापितहरु भएको ठाउँमा पुगेर तरुण दल सुनसरीले राहत वितरण साथै खानपिनको ब्यावस्था गरेको हो । ‘प्राकृतिक विपत्तिमा परेका जनतालाई आफ्नो क्षेत्रबाट थोरै भए पनि राहत दिन सहयोग गरेका हौँ ।’ अध्यक्ष गुरुङले भने । हामीले इटहरी उपमहानगरपालिका वडा नम्बर १० र १३ का बरगाछी टोलमा ३ सय ७ जोर लत्ता कपडा, भने, सोही वार्डको शिवनारायण टोलमा उच्च गुणस्तरिय १ सय थान त्रिपाल, वडा नम्बर १३ का २० घर परिवारलाई २० थान उच्च गुणस्तरीय त्रिपाल तथा २० थान झुल साथै इटहरी वडा २० पानीपिया, वडा नम्बर ५ अन्तर्गतको पचरुकी टोल मल्लिक टोल , वडा नम्बर १७ र भोक्राहामा समेत अति प्रभावित बाढी पीडितलाई खाद्यान्न,त्रिपाल र लत्ताकपडा समेत वितरण गरिएको तरुण दल सुनसरीका अध्यक्ष गुरुङले वताए ।
तरुण दलले बाढी पहिरो पीडितहरुको उद्धार गर्न र राहत सहयोग गर्न ‘सबै जिल्ला एक तरुण एक राहत अभियान’को तरुण दलले बाढी पहिरो पीडितहरुको उद्धार गर्न र राहत सहयोग गर्न ‘सबै जिल्ला एक तरुण एक राहत अभियान’को थालनी गरे अनुसार काम तिब्र गरीमा बाढी पिडित क्षेत्रमा भईरहेको तरुण दलका युवा नेता पूर्ण राईले वताए । राहत कार्यक्रममा स्वास्थ्य शिविर, निशुल्क औषधी, खाना खुवाउने लगायतका काम गर्ने बताइएको छ । यस्तै पिडितहरुको घर पूनंनिर्माणको लागी त्रिपाल र लगायतका सामग्री पनि वितरण गरिएको छ ।