शनिश्चरे/लामो समयदेखि यातायात व्यवसायमा संलग्न ३ जना युवाले मोरङको सुन्दरहरैंचास्थित गछियामा व्यवस्थित ड्राइभिङ सेन्टर सुरु गरेका छन् ।
दुर्गा ड्राइभिङ ट्रेनिङ सेन्टरका योगेन्द्र पोखरेल ( लक्ष्मण) र अनन्त घिमिरे तथा नेपाल हेभी ड्राइभिङ सेन्टरका शिव श्रेष्ठले संयुक्त रुपमा स्थापना गरेको ड्राइभिङ सेन्टरको सोमबार एक कार्यक्रमकाबीच सुन्दरहरैंचा नगरपाकिाका प्रमुख शिवप्रसाद ढकालले उद्घाटन् गरेका छन् । सो अवसरमा बोल्दै नगर प्रमुख ढकालले ड्राइभिङ सेन्टर स्थापना भएकोप्रति खुसी व्यक्त गर्दै युवाहरुलाई स्वदेशमै रोजगारी बनाउने योजनामा नगरपालिका समेत लागि पर्ने बताए ।
१६ कठ्ठा जग्गा लिजमा लिएर २२ लाखको लगानीमा ट्रायल स्पोर्ट समेत निर्माण गरी हलुका तथा हेभी सवारी साधनको भरपर्दाे तालिम सेन्टरका रुपमा व्यवस्थित गरिएको सञ्चालकमध्येका योगेन्द्रले जनाए ।