शनिश्चरे/तीज पर्वका अवसरमा मोरङको पथरीशनिश्चरेमा आइतबार नृत्य प्रतियोगिता सम्पन्न भएको छ । अवसरमा पथरीशनिश्चरे ३ स्थित वडा महिला समूहले तीज गीत नृत्य प्रतियोगिताको आयोजना गरेको अध्यक्ष भला रेग्मीले जनाइन् ।

नृत्यमा, सो वडाकी मञ्जु भण्डारी र जीना चापागाईको जोडी पहिलो भएको छ । लेटाङकी पवित्रा आचार्य दोस्रो, पथरीशनिश्चरे ३ की रुपा पौडेल तेस्रो र सोही ठाउँकी सविता पौडेलले सान्त्वना पुरस्कार हात पारेकी छन् ।

स्थानीय समाजसेवी कृष्णप्रसाद आचार्यले नगद पुरस्कारको सौजन्य गरेको कार्यक्रममा नगरपालिकाकी उपप्रमुख यमुना विष्टले महिलाहरुले यस्ता प्रकारका सृजनात्मक गतिविधि गरेर तीज मनाउँदै जानु पर्नेमा जोड दिइन् ।