धरान/सहयोगी युवा समूहको आयोजनामा शुक्रबार धरानमा रक्तदान कार्यक्रम गरिएको छ ।
[caption id="attachment_53247" align="alignnone" width="960"]
तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
रक्तदानमा ५६ युनिट रगत संकलन भएको समूहका सल्लाहकार अभिमन्यू श्रेष्ठले जानकारी दिए । रगत अभावलाई मध्यनजर गर्दै पहिलो पल्ट रक्तदान कार्यक्रम राखिएको समूहका अध्यक्ष पारष श्रेष्ठले बताए । जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदानमा सहभागी रक्तदाताहरुलाई प्रमाण पत्रसमेत प्रदान गरिएको थियो ।